हुम्लामा जिप दुर्घटना ४ जनाको मृत्यु, ७ जना घाइते

  • नमस्ते कर्णाली

  • हुम्लामा  बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका  नजिकै शुक्रबार राती लु २ च २१०२  नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने एक बच्चा सहित ७ जना घाइते भएका छन् ।

    सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११:०० बजे   दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार,सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ  रहेको  जिल्ला प्रहरी हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

    घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह,  सिमकोट ८ खाल्सीका  एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी  सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    बलेरो जिप  सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला  प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका थिए ।

  • २० मंसिर २०७७, शनिबार ०७:४१ प्रकाशित

  • Nabintech