नेकपा दुर्घटनामा पर्छ भन्नु कल्पना मात्र हाे : मन्त्री ज्ञवाली

  • नमस्ते कर्णाली

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र विद्रोह हुन्छ र दुर्घटना हुन्छ भन्ने कुरा कल्पना मात्र भएको बताउनुभएको छ ।

    यदि कसैले नेकपा फुट्छ भनेर सोचेको भए पनि त्यो गलत हुने दाबी गर्नुभएको छ । उहाँले नेकपाको एकता देशको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको बताउनुभयो । यिनै जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको भन्दै अहिले सरकार परिवर्तनको कुनै औचित्य नरहेको दाबी गर्नुभयो ।

    गुल्मीमा कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि शनिबार सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । पार्टीमा देखिएको विवादलाई लक्षित गर्दै मन्त्री ज्ञवालीले भाँडाहरु एक ठाउँमा राखेपछि कहिलेकाहीँ बज्ने संज्ञा दिँदै पार्टी जोगाउने जिम्मेवारीबाट काेही पनि पन्छिएर दायाँबायाँ लाग्न नमिल्ने उहाँको तर्क थियो ।

    ‘नेकपा घरको धुरी खाँबो जस्तो हो, धुरी खाँबो भाँचियो र कमजोर भयो भने खाँबो मात्र भाँचिदैन, त्यो घरकै अस्तित्वमाथि जोखिम उत्पन्न हुन्छ’, ज्ञवालीले भन्नुभयो । उहाँले नेकपा एकताबद्ध भएर घरभित्रको समस्या समाधान गरी देशको समस्यामा केन्द्रित हुने बताउनुभयो ।

    अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने र जनतालाई कसरी सुखी र समृद्धि रहेको बताउनुभयो ।

  • ३ श्रावण २०७७, शनिबार १८:२५ प्रकाशित

  • Nabintech