नेप्से : सुरुमा उछाल, कारोबार बन्द हुँदा १४ अङ्कको गिरावट

  • नमस्ते कर्णाली

  • दुई पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको शेयर बजार परिसूचक नेप्से अन्तिममा ओरालो लागेर कारोबार बन्द भएको छ ।

    बजार खुलेको दुई मिनेटभित्रै चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि बढ्न थालेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको शेयर बजार भने घटेको छ ।

    कारोबार सकिँदासम्म नेप्से १४ दशमलव शून्य नाै अङ्कले घटेर १४ सय ६४ दशमलव ९४ बिन्दुमा झरेको छ ।

    साेमबार बैंक, विकास बैंक, फाइनान्स र म्युचल फण्ड समूहबाहेक अरु समूहको शेयर घटेको छ । जीवन बीमा समूहको शेयर एक सय ८८ अङ्कले, उत्पादन समूहको शेयर एक सय २७ अङ्कले र होटल समूहको शेयर ६६ अङ्कले घटेको छ । साेमबार दुई अर्ब ८० करोड रुपैयाँ बराबरका ७० लाख एक हजार कित्ता शेयर किनबेच भएका छन् ।

    युनाइटेड फाइनान्स, स्पर्स लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्तका शेयरधनीले नाै प्रतिशतभन्दा धेरेका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने ९ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

  • ५ श्रावण २०७७, सोमबार १६:४७ प्रकाशित

  • Nabintech