हिमाली गाउँपालिका द्धारा बर्षाले क्षेती पुर्याएकाे परिवारलाई राहत बितरण

हिमाली ४ बोर्ताका १० घरपरिवारलाई आवश्यक राहतका सामाग्रीहरु बितरण


  • नमस्ते कर्णाली

  • बाजुराको हिमाली गाउँपालिकाले अबिरल बर्षाले क्षेती प¥याएको हिमाली ४ बोर्ताका १० घरपरिवारलाई आवश्यक राहतका सामाग्रीहरु बितरण गरेको छ । बेमौसमी वर्षाले हिमाली गाउँपालिकामा ठुलो क्षेती गरेको र बालीनाली नष्ट गरेको, धेरै घरहरु पुर्णरुपमा क्षेती र केहि घरहरु जोखिम अबस्थामा रहेको हिमाली गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयो ।

    उहाँका अनुुसार घर पुर्णरुपमा क्षेती भएर बिस्थापित भएको बताउनु भयो । आज गाउँपालिकाको कार्यालयबाट खाद्यान्न सहित राहतका सामाग्रीहरु बितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ साथै पीडितहरुको सहयोगको लागी सबैलाई अपिल समेत गरिएको छ ।

     

  • ९ कार्तिक २०७८, मंगलवार १८:३९ प्रकाशित

  • Nabintech