हुम्लामा रहेको इलाका प्रशासन कार्यालय सर्केगाडबाट प्रिन्ट नागरिक्ता वितरण सुरू

हस्त लिखित नागरिताको बाध्यता हट्याे


  • नमस्ते कर्णाली

  • हुम्लाको सात वटा गाउँपालिका मध्ये सर्केगाडमा रहेको इलाका प्रशासन कार्यालय सर्केगाडले मङसिर १९ गतेदेखि प्रिन्ट नागरिक्ता वितरण गर्न थालेप्रिन्ट नागरिक्ता वितरण कार्य सुरू गरेको छ । हुम्लाको सदरमुकाम सिमकोटदेखि करिब दुई दिन पैदल लाग्ने सर्केगाड गाउापालिकामा पुग्न सकिन्छ ।
    यस भन्दा पहिले बिद्युत तथा सोलार सिस्टम नहुँदा सो कार्यालयले हस्ता लिखित रुपमा नागरिक्ता वितरण गर्दै आएको थियो । तर हाल सोलार सिस्टम जडान गरेपछि डिजिटल रुपमा नागरिक्ता प्रदान गर्न सुरू गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख भिम रोकायाले बताए । आइतवार मात्रै टिजिटल रुपमा प्रिन्ट गरिएका ३७ नयाँ र आठवटा प्रतिलिपि वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयबाट ५ सय ३० नयाँ र १ सय प्रतिलिपि नागरिक्ता हस्तालिखित रुपमा वितरण भएको थियो । दक्षिणी क्षेत्र पर्ने हुम्लाका करीव चारवटा गाउँपालिकाका स्थानीय नागरिक सदरमुकाम सिमकोट धाउनु पर्ने बाध्यता हटेको छ ।

    एक वर्ष पहिले दक्षिणी भेगका नागरिक करीव तिन दिन लगाएर भए पनि सदरमुकाम सिमकोट पुग्नु पथ्र्यो । अहिले इलाका प्रशासन कार्यालय सर्केगाडबाट सो सेवा उपलब्ध भएपछि स्थानीय सेवाग्राहीलाई सहज भएको छ ।

     

  • २१ मंसिर २०७८, मंगलवार ०९:१६ प्रकाशित

  • Nabintech