बाजुरा जिल्लामा कार्यरत एम.आई.एस अपरेटर र फिल्ड सहायकहरुको जिल्ला भेला सम्पन्न

  • अशोक भण्डारी

  • बाजुरा जिल्लामा कार्यरत एम.आई एस अपरेटर तथा फिल्ड सहायकहरुको जिल्ला स्तरिय भेला शुक्रबार सम्पन्न भएको छ । जिल्लामा रहेका सबै स्थानियतहमा कार्यरत एम.आई एस अपरेटर तथा फिल्ड सहायकहरुको उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलामा समिक्षा सम्बन्धमा,तदस्ट समिति गठन,प्रद्ेश स्तरिय संर्घष समिति गठन,स्थानिय भत्ता माग सम्बन्धमा,लगाएत बिषयमा छलफल गरिएको बुढीगंगा नगरपालिका बाजुरा पञ्जिकरण सेवा ईकाइमा कार्यरत सुरत बहादुर थापाले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए । भेलाले ११ सदस्य समिति गठन गरेको छ । जसमा संयोजक मोहनराज पण्डित,उपाध्यक्ष पवना शाही,सचिब बीर बहादुर साँउद, सहसचिब चन्द्र बहादुर बिष्ट,कोषाध्यक्ष राजेन्द्र बहादुर रोकाया सदस्यहरुमा सुरत बहादुर थापा,नन्द राज पाण्डे,मेखराज भट्ट,सन्तोसी कुमारी वि.क, बीर बहादुर चदारा,सिता कुमारी बढ्वाल रावत रहेका छन ।


    जिल्ला स्तरीय समन्वय समितिको रोहोवरबाट सुदुरपश्चिम प्रदेश स्तरको एम.आई एस अपरेटर तथा फिल्ड सहायकहरुको प्रदेश संघर्ष समिति आ.ब २०७८÷०८९ को पौष मसान्त भित्र पहिलो भेला बोलाउने बाताबरण सिर्जना गर्ने निणर्य गरिएको छ साथै एम.आई एस अपरेटर तथा फिल्ड सहायकहरुका लागी स्थानिय भत्ताकोलागी सो संघर्ष समितिबाट गृह मन्त्रालय पञ्जिकरण बिभागमा पहल गर्ने निणर्य गरेको छ । अहिले स्थानियतहमा एम.आई एस अपरेटर तथा फिल्ड सहायकहरुले पञ्जिकरण सम्बन्धी काम कार्य गदै आईरहेका छन । ब्यक्तिगत घटना दर्ता , सामाजिक सुरक्षा र राष्ट्रिय परिचयपत्र सम्बन्धी काम सेवा ईकाइबाट हुदै आएको छ । देशभर करिब २००० एम.आई एस अपरेटर तथा फिल्ड सिहायकहरु कार्यरत रहेका छन । तर बिभागले स्थानिय भत्ता उपलब्ध गराएको छैन ।

  • २५ मंसिर २०७८, शनिबार १४:३० प्रकाशित

  • Nabintech