बाँकेको कोहलपुुर चौराहामा चक्काजाम

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा नेपाली कांग्रेस सोरु गाउँपालिकाका मुुगुुका सभापतिको मृत्यु भए पछि ट्रक चालकलाई कडा कानुुनी कारबाहीसहित क्षतिपूूतिको माघ राख्दै अहिले कोहलपुुर चौराहामा चक्का जाम भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ पिपलचौतारामा मल्लको ज्यान गएको थियो । दुर्घटनाबाट गम्भीर घाईते भएका मल्ललाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

  • २७ फाल्गुन २०७७, बिहीबार १३:३९ प्रकाशित

  • Nabintech