सुर्खेतबाट नक्कली प्रमुख प्रशासकिय अधिकृत पक्राउ

  • नमस्ते कर्णाली

  • आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका-२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

    महानगरीय अपराध महाशाखाको आग्रहमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाले उनीमाथि अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।

    प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ ।’ सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ । kanchulikhabar.com

  • ६ चैत्र २०७७, शुक्रबार १४:०१ प्रकाशित

  • Nabintech