प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिब्यक्तिबारे बोल्नेलाई अबिलम्ब कारबाही गर्न अध्यक्ष बोगटीको माग

  • नमस्ते कर्णाली

  • नेपाल कम्युुनिष्ट पार्टी एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटीले  नेपाली कांग्रेसका वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यलाई कानुनी कारबाही गर्न माग गनुृ भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने अभिव्यक्तिलाई नेपाल कम्युुनिष्ट पार्टी एमाले कर्णाली प्रदेशले अत्यन्त गम्भीर रुपमा लिएको उल्लेख गर्नुभएको छ ।

     

    प्रधानमन्त्री केपी शर्मा ओलीप्रती आक्रोश व्यक्त गर्ने क्रममा ओलीलाई नाथुराम गोड्से(महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने ब्यक्ति आवश्यक परेको र अरु कोही तयार नभए आफै बन्ने भनेर दिएको अभिव्यक्ति अपराधिक,अराजनीतिक,अशभ्य,अमानवीय तथा अक्षम्य छ । यस्तो सम्बेदनशील विषयलाई आधिकारिक निकायमा राखिसकेपछी भएको चौतर्फी बिरोधलाई थामथुम पार्ने मनसायले आवेशमा आएको तथा भावनामा बहकिएको भन्दै आत्मालोचित हुदैमा उन्मुक्ती पाउने विषय कदापी पनि होइन । अतः नीज वैद्यलाई अबिलम्ब कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायको गम्भीर रुपमा ध्यानाकर्षण गराउद छु ’सामाजिक संजाल मार्फत भन्नुुु भएको छ ।
    वैद्यले ओलीका लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको र आफू त्यो बन्ने बताउनु भएको थियो । नाथुराम गोट्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।

  • २९ जेष्ठ २०७८, शनिबार १५:५८ प्रकाशित

  • Nabintech