हुम्लाका ६ स्थानीय तहमा काँग्रेस अधिवेशन सम्पन्न ,सर्केगाडमा सहमती हुन बाँकि

  • नमस्ते कर्णाली

  • हुम्लाका ७ वटा स्थानीय तह मध्येमा आइतबार सम्म नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ ।
    सिमकोट, खार्पुनाथ,नाम्खा, चंखेली, ताँजाकोट, र अदानचुली गाउँपालिकामा सर्वसहमितका आधारमा गाउँपालिका अधिवेश सम्पन्न भएको नेपाली काँग्रेसले जानकारी दिएको छ । सर्केगाडमा अझै सहमति हुन नसकेको बताइएको छ ।

    अधिवेशनबाट नाम्खा गाउँपालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँपालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँपालिकामा विष्णुबहादुर भण्डारी , ताँजाकोट गाउँपालिकामा कृष्णबहादुर मल्ल र चंखेली गाउँपालिकामा नर भण्डारीको नेतृत्वमा सर्वसहमत चयन भएका छन् ।

    नेपाली काँग्रेसले हुम्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको हो । नेतृत्व चयनका क्रममा ६ वटै पालिकामा सहमतिमा चयन भएको छ । गाउँ अधिवेसन हुन नसकेको सर्केगाड गाउँपालिकामा नेतृत्व चयनका लागी सहमती जुटाउने कार्य भइ रहेको छ । सर्केगाड गाउँपालिकामा सोमबार विहानबाट भोटिङ हुने भएको छ

     

  • ११ आश्विन २०७८, सोमबार ०७:४१ प्रकाशित

  • Nabintech