नेपाली काँग्रेस हुम्लाको ७ औ जिल्ला अधिवेसनबाट सभापतिमा मोहन विक्रम सिंह निर्वाचित

  • नमस्ते कर्णाली

  • हुम्लामा नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनमा वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले असहमति जनाएपछि कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा पक्षको एकल प्यानलले नेतृत्व चयन गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको हुम्लामा निर्वाचन क्षेत्र नम्बर क को विवाद सहमतिमा आउन नसकेर देउवा पक्षले एकल रुपमा विजयी भएको घोषणा गरेको छ । आईतबार जिल्ला समन्वय समितीको सभाहलमा भएको निर्वाचन प्रक्रियामा संस्थापन इतर पक्ष सहभागी नभएपछि संस्थापन पक्षका उम्मेदवारलाई विजयी भएको घोषणा गरीएको निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिनुभयो ।
    निर्वाचन अधिकृत सापकोटाका अनुसार मोहन विक्रम सिंह निर्विरोध जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपसभापतिमा कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा विजय बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङ निर्वाचित भएका छन् । पौडेल पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आफुले अनुरोध गर्दा उनिहरुले सहभागी नभएपछि विधानअनुसार सर्वसम्मत नेतृत्व चयन गरिएको बताउउनु भयो ।
    यता सातौ जिल्ला महाधिवेशनमा सहभागी नभएको पौडेल पक्षका पूर्व सांसद रिता शाही भने आफुहरुको निर्वाचन क्षेत्र क नम्बरको विवाद समाधन नभएर अर्को पक्ष एकलरुपमा अगाडी बढेको बताउनुभयो । निर्वाचन अधिकृतलाई निर्वाचन क्षेत्र क नम्बरको विवाद समाधानका लागी निवेदन समेत दिएको भएपनि त्यसको सुनुवाई नभएको बताउनुभयो ।

  • १७ आश्विन २०७८, आईतवार १९:२० प्रकाशित

  • Nabintech