हिमाली गाउँपालिका द्धारा निशुल्क फलामे चुलो वितरण

  • नमस्ते कर्णाली

  • बाजुराको हिमाली गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ । गाउँपालिका वडा नं ३ र ४ का समुदायमा बसोबास गर्ने दलित र जनजातिका बिपन्न परिवारहरुलाई १२७ थान फलामे २ मुखे चुलो वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभयो ।
    भण्डारीका अनुसार अधिकांस बस्तीहरुका प्राय सबै घरपरिवारले खाना पकाउने मुख्य इन्धनको रुपमा दाउराको प्रयोग गर्दै आएका थिए , धेरै जसो घरका चुलोहरु परम्परागत धुवाँवाला रहेको र यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर पारिरहेकोले पनि धुवाँ रहित फलामे चुलो वितरण गरिएको हो । कम दाउराको प्रयोग गरि छिटो छरितो र धुवाँमुक्त घरको बाताबरणमा खाना पकाउन सकिने र चिसो स्थानमा समेत घर तताउन पनि उत्तम हुने र बिशेषगरि दम ,मुटुको रोग , छाती सम्बन्धि समस्या,स्वासप्रश्वास सम्बधि स्वास्थ्य समस्या धुवाँ कै कारणबाट हुने हुँदा त्यस्तो समस्याबाट समेत जोगिन यो चुलाको चुलाहरु वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
    हिमाली गाउँपालिकाको पहलमा अन्य धेरै दलित बस्तीमा यस अघिका बर्षमा नै सुधारिएका चुलोहरु वितरण गरिएको र बाँकि रहेका बस्तीहरुमा आगामी दिनहरुमा वितरण गर्ने योजना रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

  • २२ माघ २०७८, शनिबार १६:४६ प्रकाशित

  • Nabintech