सामाजिक रुपान्तरणका अगुवा भण्डारीको ९२ वर्षको उमेरमा निधन

  • नमस्ते कर्णाली

  • हुम्ला अदानचुली गाउँपालिका वडा न २ निवासि ९२ वर्षिय धर्मसिंह भण्डारीको निधन भएको छ । लामो समयदेखि आफ्नै घरमा बिरामी हुनुभएका भण्डारीको बुधबार मध्यन्न १२ बजेर ६ मिनेटमा निधन भएको हो ।
    हुम्ला जिल्लाकै ज्येष्ठ नागरिकका रुपमा रहेका भण्डारी राणाकालीन समयदेखि नैं पञ्चालयती व्यवस्था विरुद्ध लाग्नु भएको थियो । जहानिया राणाशासन कालमा वि. सं. १९९९ देखि २००७ सम्म राणा सासनको अन्याय अत्याचारका विरुद्ध आवाज उठाउनु भएको थियो । साथै गाउँ गाउँमा जनताको पक्षमा बोल्दै जनातालाई सचेत गराउने काम गर्नुभएको थियो । बि सं २०१७ देखि २०४६ सम्म निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा आवाज उठाउने, जनतामा चेतना जागृत गराउने काम गर्नुभयो । २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार गर्नु भयो । ।
    उनको निधनप्रति नेकपा (एमाले)का स्थायी कमिटि सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
    भण्डारीको निधन लगत्तै शोक वक्तव्य जारी गर्दै स्थायी कमिटि सदस्य बोगटीले भण्डारीको निधनप्रति पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भएको छ । ‘तत्कालीन श्रीनगर गाउँ पन्चायत हाल अदानचुली गापा वडानम्बर २ निवासी धर्मसिङ्ह भाण्डारीको २०७८ चैत्र १६ गतेका दिन असामयिक निधन भएको घटनाले निजका घरपरिवारलाई मात्र नभएर हुम्लाको सिङगो नेकपा एमालेको परिवारलाई अपुरणीय क्षेती पुग्न गएको छ ।’


    बोगटीद्धारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘भण्डारीको निधनले नेकपा एमाले हुम्लाले एक कुशल अविभावक गुमाउन पुगेको छ । निजले सानै उमेरदेखी गाउँमा जनताको पक्षमा बोल्ने, गाउँको अन्याय अत्याचार बिरुद्ध आवाज उठाउने गर्नुभएको थियो ।’
    जहानिया राणाशासन कालमा वि. सं. १९९९ देखि २००७ सम्म राणाहरुको अन्याय अत्याचारका विरुद्ध आवाज उठाउने र जनताको पक्षमा बोल्ने काम गर्नुभएको थियो । बि।स।२०१७ देखि २०४६ सम्म निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा आवाज उठाउने, जनतामा चेतना जागृत गराउने काम गर्नुभयो । २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार गर्नुभयो ।
    ‘२०४७ सालदेखि तत्कालीन नेकपा मालेमा संगठित हुनु भो,२०४८मा नेकपा एमालेको जनसंठन अखिल नेपाल किसान संगठनको जिल्ला कमिटी सदस्य, नेकपा एमाले जिल्ला सल्लाहकार कमिटी सदस्यहुँदै हाल नेकपा एमालेको ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य हुनुहुन्थ्यो ।’

    लामो समयदेखि वाम आन्दोलनमा सक्रिय सामाजिक अभियान्ताका रुपमा रहनु भएका भण्डारीको निधनको निधनले सिंगो हुम्लाले एक कुशल अविभावक गुमाउनु परेको बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

     

  • १७ चैत्र २०७८, बिहीबार २०:१३ प्रकाशित

  • Nabintech