कर्णाली बोल्नासाथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको “कर्नाली” लार्इ सम्झन्छौ, मनन गर्छौ र एक पटक पुगेर अनुभव गर्छौ भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली नेपालको निकै विकट प्रदेश हो। रुपान्तरणको बाधक “भाग्यबादी खुसियाली लाई रुपान्तरणमुखी समृद्धियुक्त खुसीमा बदल्ने प्रमुख जिम्मा नेतृत्वको हो ।तर हामी यस्तो घातक चक्रमा फसेका रहेछौं ।समृद्धियुक्त खुसी तर्फ डोर्याउने अभिभारा बोकेका नेतृत्वहरु महाभ्रष्ट र असक्षम छन। समाजलाई गर्नै नहुने गरि गरिएको राजनीतिकरण र त्यसले गरेको घातका सम्बन्धमा न राजनितीज्ञलाई न पेशाकर्मिलाइ पिडा बोध छ।पेशागत र नियुक्तिगत फाइदाका लागि आ आफ्नो स्वार्थको टकराबमा सबैले गरिरहेका छन म मात्र आदर्श बनेर के गर्नु ? भन्दै गर्दा हामीले आफै हाम्रा बुढाआमा र निर्दोष छोराछोरी माथी ठुलो अन्याय गरिराखेका छौ। हाम्रो आम रूपमा हामी गरिबी न्यून आय ,अबब्यस्थित बस्ती फोहोर ,सरसफाइमा कमि ,बुढा आमा बाउलाइ छोडी छोरा प्रदेशिनु ,दिन प्रतिदिन समाजमा जातिय विभेद यो ठूलो हदसम्म दलिय पेशागत संगठनका कारण समाजमा भएको राजनीतिक भ्रष्ट राजनीतिकरणको परिणाम हो।त्यो परिणाम हरेक दिन आफ्नै बुढा बा आमा र हामी निर्दोष छोराछोरीले भोगिरहेको हामीले महसुस गर्न सकेका छैनौ । म हुर्किदै गरेको बिरुवा ,राज्यको चौथो सङ्ग जोडिन पुग्दा कर्णालीको बारेमा ( अझै मेरो कर्णाली उस्तै छ ) कर्णालीको बिषयमा लेखियको एक स्मरण हो । यो हुम्ला मुगुको कुरा हो।
१) तपाईंको गाउँ घर तिर टेलिभिजन आउँछ? नाइ आउदैन टेलिभिजन कसरी चल्छ थाहा छैन, टेलिभिजनमा बोल्ने मान्छे लाई देखेकै नाइँ , २) तपाईंको घर जिल्लामा कुनै पत्रपत्रीका /अखबार आउँछ? त्यो झन आउदै आउदैन ,पत्रपत्रिकाहरु कोठा आकर्षक बनाउनका लागी पाइदिय राम्रो हुन्छ रे ढुङ्गा माटोले बनायको घरमा अलिकति राम्रो बनाउन पाइदिय हुन्थ्यो।
३)रेडियो नेपाल /एफ एम बज्छ? बज्छ तर हामीसङ्ग रेडियो छैन हुने खाने जानकारले मात्र रेडियो सुन्नु पर्छ। गरिबले रेडियो काधमा हालेर रेडियो सुन्न थालेपछी गिज्याउछन अनि कहाँ बाट रेडियो बज्नु ।
४)नजिकै स्वाथ्य चौकी छ एउटा गाउँमा अस्पताल छ तर साधारण रुघाखोकी लाग्यो भने लाइन लाग्नु पर्छ पालो आयो भने !
एउटा मान्छे बिरामी भयर अस्पतालमा जान्छ बिरामी र डाक्टर को सम्बाद :
डाक्टर : के भयो हजुरलाइ ?
बिरामी :खोइ के भयो ज्वरो मात्र आउँछ रातभर खोकी लाग्छ
डाक्टर : ए ए बिरामी :उम डाक्टर : कति दिन भयो ?
बिरामी :अलिअलि ज्वरो आउदै थियो हिजोआज अलि गाह्रो भयो हजुरले निको पार्नु हुन्छ त्यही भयर बिस्तारै लठ्ठी टेक्दै आय ।
डाक्टर :एए अब निको हुन्छ चिन्ता नलिनु भन्छ । त्यसपछी फेरि प्रश्न गर्छ डाक्टरले केहि औषधि खानु भयो बिरामी : तितो (चिराइतो) थियो त्यही खाय झन खरो भयो शरीर काप्न थाल्यो
डाक्टर : एए भन्दै त्यसपछि चेकजाँच गर्छ तपाईंको यो रुघाखोकी सामान्य हो अस्पताल मा यो औषधि छैन म औषधिको नाम लेख्दिन्छु उताको मेडिकल मा जानु बिरामी : म सङ्ग रुपैयाँ छैन के गरुम भनेर हातका औंला माड्न बाध्य हुन्छन डाक्टरले वास्ता गर्दैन अर्को पालो आउछ । यथार्थ कुरा : जुन स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीले आफ्नो घरमा मेडिकल राखेको हुन्छ पैसा कमाउने मेडिकल उसैको हो नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधि बिभाग बाट आयको लाखौं करोडौंको औषधि कता जान्छ ? पैसा कमाउने लाटा निमुखा र अनपढ लाई ठग्ने उपाय यहि हो पैसा कमाउने माध्यम पनि यही हो । सिटामल चाहिय कहाँ जानू हुन्छ? दुई तीन घन्टा पर ठुलो रोग लागे : सके सदरमुकाम जाने नसके मर्ने हो बिरामी : बाध्यताले घर फर्किन्छ यदि डाक्टरले दियको औषधि डोज पुग अपुग गरि कति mg को दिन्छ थाहा नपाइ घर जान्छ बिरामीलाई झन गार्हो हन्छ । बिरामी भयर नि आराम गर्न मिल्दैन लगातार काम गर्नु पर्छ झन स्वास्थ्य अबस्था खतरा हुन जान्छ।बढी बिरामी भयपछी गाउँमा त्यस्तो सुबिधा हुन्न जिल्लामा जानु परेपछि बोक्ने कुनै सवारी छैन ।डोको बिरामी बोक्ने स्टेचर त्यति धेरै मात्रामा पाइन्न।पाइयपनी आफन्त हरु नजिक हुँदैनन ।
५)एम्बुलेन्स वा बिरामी बोक्ने गाडी छ? एम्बुलेन्स भनेको के हो थाहा छैन सडक भयपो त्यो हामीले देख्नु ।गाउँका जान्ने मान्ने हरु बिरामी पर्यो भने हेलिकप्टर आउछ हामी त बिकालमा मर्नु पर्छ।यही जनताका पिडा देखेर डा :गोबिन्द्र के.सि समाजसेवामा लागे अनशनमा बसे आफ्नो जिन्दगी बिगारे तर पनि स्वास्थ्य क्षेत्र सम्भब छैन। चिकित्सक आन्दोलन पनि आन्दोलन पनि गर्छ । डा:गोबिन्द्र लाई हामी चिन्छौ भेट भाको छैन तर पनि उहालाई समग्र कर्णाली बासिले सलाम गर्दछ ।
६) गाउँमा 3G /4G नेट चल्छ ? राम्रो सङ्ग फोन लाग्दैन मोबाइललमा स्लो नेटवर्क त दिन्न यस्तै समस्या परेको बर्षौ दिन भो , 4G को नेट को कुरा कहाँ बाट आउछ यो सम्झिन गार्हो छ। यो ठाउँको लागी सरकारले बजेट नदियको होकि दिएर हिनामिना गरेको हो ? त्यो भगवानलाई थाहा होला!अब भगवान लाई गुहार्नु पर्छ। हुम्ला कालिकोट, मुगु ,जुम्लाको आधि भाग डोल्पाको मान्छे सङ्ग यी प्रश्नको उत्तर सुन्दा म सिताङ्ग हुन्छु। अब शिक्षाको कुरा : “स्कुल नजिक टाढा कति छ “? घरबाट स्कुल पुग्न हामी लाई एक दुई घन्टा लाग्छ । स्कुलमा भोक लाग्छ होला खाजा दिन्छ? नाइ दिदैन घरमा गयर खाने हो सरहरुले कस्तो पढाउनु हुन्छ? राम्रो पढाउनु हुन्छ सर मेम घरायसी कामले प्रायः जशो कहिलेकाही आउदैनन छिटो छुट्टी हुन्छ ।बिद्यार्थीलाई जागर लाको बेला सरहरुले परिक्षा आयो भनेर राजधानीमा गैहाल्नु हुन्छ । झन पिडा हुन्छ यो जमानामा पनि हामीले नि भोगेका छौ । यस्तो लाग्छ यो देशमा पैसा हुने र सहरबजारमा जन्मनेहरुका लागि मात्रै हो कि ? बिजुली बत्ति छ ? बिजुली बत्ति छैन ,हुने खानेको घरमा उज्यालो को निम्ती सोलार होलान गरिबहरु दियालो (झरो) बाल्न बाध्य छन। विभेद अहिले सबैको ध्यान पश्चिम रुकुममा घटेको दर्दनाक घटनामा केन्द्रित छ। सबैले सोचेका छन्– यस घटनामा संलग्नलाई अवश्य कार्वाही हुनेछ, मृतकहरूले न्याय पाउनेछन्। तर सिंगो दलित समुदायका समस्या हल हुन सक्ने छैनन्, फेरि पनि दलित भएकै कारण धेरैले ज्यान गुमाइरहन पर्नेछ।यसको अवकाश गर्दागर्दै जातीय बिभेदका कुरा सामान्य हुन थालिसकेका छन। संविधानका धारामा लेखिएका अधिकाहरु न यो समुदायलाई थाहा छ, न यो समुदायको अधिकार माथिल्लो भनिएका कथित समुदाय लागू गर्न चाहन्छन् । अहिले पनि टिठ, दया र मोहको पात्र बनिरहेको यो समुदायका नागरिकको जीवन दयनीय, कष्टपूर्ण छ। गरिबी जुनसुकै पार्टीले जिते पनि बिकास मा न्यून: हुन त काग लाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै नै हो । निमुखा गरिब जनताले चुनिएका नेतृत्वहरु जितायर यति धेरै बहुमतले निर्बाचित भय लगत्तै भ्रष्टाचारको मात्र ध्यान छ। भोकमरिको समस्या उस्तै बिकास भने सिन्को भाचेर दुई भयन तैपनि तिनका कैयौं नागरिक यस्ता छन जसका लागी पाँच बर्षमा एउटा नयाँ लुगा किन्न पाउनु अपार खुसियाली हर्षको बिषय हो। मेरो बुवाआमाको पुस्ताका अधिकाशले त्यति गर्न नि पायनन उनीहरुको त्यो खुसी त्यति बेला जे थियो त्यसैमा सिमित थियो ।अहिले सहरको पुस्ताले कालो पोलिथिन पाइप ,मिरमिरे बत्ती र डोजरे बिकास देख्यो ।हामीले जन्मे देखी यो देखेका पनि थियनौ। ‘तिम्रो संकटमा हाम्रो पनि साथ छ’ भनेका होलान् भनेर मन दङ्ग छ।हाम्रोलाइ होइन अब राम्रो लाई चुनेर बिजेता गराउ ।यति भने त धेरै कर्णालीका नागरिक लाई नबुझाउनु पर्ला।