कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति सोही कार्यालयमा वडाध्यक्ष

  • नमस्ते कर्णाली

  • दाङमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्तिलाई सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पुरा गर्ने अवसर प्राप्त भएको छ ।

    राप्ती गाउँपालिका वडा नं. ८ मा निर्वाचीत वडा अध्यक्ष चन्द्रबहादुरु गुरुङ्ग पाँच बर्ष सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यारत हुनुहुन्थ्यो ।

    चन्द्रबहादुर गुरुङ्ग झण्डै पाँच बर्ष राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी पदमा कार्यरत हुनुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछी चन्द्रबहादुर गुरुङ्ग कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थाल्नु भएको थियो ।

    कार्यालय सहयोगीको पदबाट राजिनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर निर्वाचित हुनु भएको छ ।

    कार्यालय सहयोगी पदमा रहँदा सबै काम गर्नुपर्‍यो । सरसफाई देखी झाडु, पोछा सम्म । यती मात्र होइन, सिफारिसका काम समेत चन्द्रबहादुरले नजिकबाट सिक्ने अवसर पाउनुभयो ।

    अहिले उहाँ चन्द्रबहादुर वडाअध्यक्ष भएको देख्दा स्थानीय पनि खुसी भएका छन् । जनतालाई सेवा दिने ठाउँमा पुगेको भन्दै स्थानीय खुसी भएका हुन् ।

    वडा अध्यक्ष पदमा उहाँ जस्तै अन्य व्यक्तिहरु पनि उम्मेदवार बनेका थिए । तर, उहाँले सबैभन्दा धेरै मत प्राप्त गर्नु भयो । त्यो जनमतले कार्यालय सहयोगीको कुर्सी देखी वडा अध्यक्षको कुर्सीसम्म पुर्‍याएको छ ।

    नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलार्ए १३४ मतले पछी पार्दै नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।-

    from nepaltvonline.com

  • ११ जेष्ठ २०७९, बुधबार १०:४४ प्रकाशित

  • Nabintech