घनश्याम भुसालले एमाले छाडे , रूपन्देही-१ बाट स्वतन्त्र उठ्ने तयारी गर्दै

  • नमस्ते कर्णाली

  • नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

    एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।

    नेता घनश्याम भुसालले एमाले छाडेका छन्। शनिबार उनले आफ्नो फेसबुकमा लेख्दै पार्टीमा नरहने बताएका हुन्।

    ‘…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उनले लेखेका छन्।

  • २२ आश्विन २०७९, शनिबार १४:२६ प्रकाशित

  • Nabintech