बाजुराको हिमालीमा एक दिने आयुबेर्द स्वास्थ्य शिबिर सम्पन्न

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाकाे हिमाली गाउँपालिकाकाे धुलाचाैरमा एक दिने आयूबेर्द स्वास्थ्य शिबिर सेवा सम्पन्न गरिएको छ।

    जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजना र हिमाली गाउँपालिकाको समन्वयमा शिबिर सम्पन्न गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ। एक दिने आयुबेर्द स्वास्थ शिबिर धुलाचौर ३ सय ६४ जनाले सेवा लिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुँवरले बताउनु भएको छ।

    उनले भने बातराेग, स्त्रीरोग,अम्लपित्त, पायल्स, मधुमेह, बालरोग, चर्मरोग लगायतका बिरामीहरुको उपचार गरिएको बताए। जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका डाक्टर रन्जित केशरी लगायतको टिमले बिशेष चेकजाँच गर्नुका साथै औषधी समेत बितरण गरीएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुराले बताएको छ ।

  • २८ पुष २०७९, बिहीबार १५:०३ प्रकाशित

  • Nabintech