पत्रकार महासङ्ग शाखा मुगु र आयोजक बखत बहादुर शाही फÞाउण्डेसन बिच मैत्रीपूर्ण फुटबल

  • सनत हमाल

  • मुगुको गमगढीमा स्व.बखत बहादुर शाहीको २१ औ स्मृति दिवशको अबसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा आयोजक बखत बहादुर शाही फÞाउण्डेसन र पत्रकार महासङ्ग शाखा मुगु बिच मैत्रीपूर्ण खेल भएको छ । सो खेलमा आयोजक बखत बहादुर शाही फÞाउण्डेसन विजयी भएको छ । आयोजक ले २–१ गोल अन्तरले पत्रकार महासंघ शाखा मुगु माथि जित हासिल गरेको हो ।
    बुधवारदेखि गमगढीमा सुरू भयको शाहीको २१ औ स्मृति दिवशको अबसर मा आयोजित अन्तर माध्यामिक बिध्यालय फुटबल प्रतियोगीताको अबसरमा शनिबार आयोजक बखत बहादुर शाही फÞाउण्डेसन र पत्रकार महासङ्ग शाखा मुगु बीच मैत्रीपूर्ण फुटबल खेल भयको हो । सो खेलमा पहिलो हाफमा आयोजक र पत्रकार महासंघ मुगु ले १–१ को बराबरी खेलेका थिए । खेलको दोस्रो हाफमा आयोजकले थप १ गोल गर्दा आयोजकले २–१ गोलले जीत निकालेको थियो ।


    स्व.बखत बहादुर शाहीको २१ औ स्मृति दिवशको अबसर मा आयोजित अन्तर माध्यामिक बिध्यालय स्तर फुटबल प्रतियोगीता अन्तर्गत बुधवारदेखि प्रतियोगितात्मक खेल भयको आयोजक बखत बहादुर शाही फÞाउण्डेसनका सचिब दीपक रावलले जानकारी दिए । सो प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस मुगुका उप–सभापति हरिजंग शाही र छायानाथ रारा नगर पालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गर्नु भएको थियो ।
    प्रतियोगिताको विजेताले नगद तथा मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको उपविजेताले मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
    स्मृति दिवशको अबसरमा अन्तर माध्यामिक बिध्यालय फुटबल प्रतियोगीता र महिला देउडा खेल आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।


    नेपाल पत्रकार महासङ्ग शाखा,मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बखत बहादुर शाही फÞाउण्डेसन मुगुको आयोजनामा मुगुमा भैरहेको अन्तर माध्यामिक तह बिधार्थी विचको फुलबल प्रतियोगितामा आज आयोजक फाउन्डेसन र नेपाल पत्रकार महासङ्ग मुगु शाखाका खेलाडी विच मैत्रीपुर्ण फुटबल खेल हुदा आयोजकलाई विजय हात पार्न सफल भएकोमा फाउन्डेसनलाई हार्दिक बधाई साथै मैत्रीपुर्ण खेलमा आफ्नो सहभागिता जनाइ उत्कृष्ट खेल प्रदर्शन गर्दै खेललाइ उत्साहजनक बनाएकोमा महासङ्ग आवद्ध खेलाडी लाई धन्यवाद व्यक्त गर्नु भयो।

  • ८ माघ २०७९, आईतवार ०८:५५ प्रकाशित

  • Nabintech