हिमालीमा आखा कान र अपाङ्गता छनोट सम्बन्धि नि:शुल्क स्वास्थ शिविर संचालन

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा आखा कान र अपाङ्गता छनोट सम्बन्धि नि: शुल्क स्वास्थ शिविर संचालन गरिएको छ।

    हिमाली गाउँपालिकाको आयोजनामा धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्रमा एक दिने स्वास्थ शिविर संचालन गरिएको बताएको छ। सबै वडा भित्रका स्थानीय नागरिकहरु लाई आखा कान र अपाङ्ग भएका व्यक्ति छनोट सम्बन्धि शिविर कार्य गरिएको छ। गाउँमा भएका असहाय अपाङ्ग भएको मान्छेलाई चेकजाँच गरी बढी समस्या भएको व्यक्ति लाई जिल्लामा अस्पताल बाजुरामा बस्ने शिविर पठाउने स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताउनु भएको छ।

    हात खुट्टा हिड्न नसक्ने मान्छेलाई स्वास्थ परिक्षण गरे अनुसार जिल्ला अस्पतालले हिड्न सहयोग हुने सामाग्री सहयोग हुने पनि बताएको छ। विशेषगरी आखा र कान सम्बन्धि सानो समस्या भएको व्यक्ति हरुलाई स्वास्थ सेवा केन्द्रमा उपचार गरिएको छ। पालिकामा स्थानीय बसोबास गर्ने सबैलाई स्वास्थ सम्बन्धि रोग सामान्य देखि स्वास्थ परिक्षण गरिएको छ।

    आइतबार बिहान देखि साझा सम्म शिविर संचालन गरिरने भएको छ। अहिले सम्म शिविर आखा कान सम्बन्धि ८२ जना मान्छेलाई चेकजाँच गरेर अपांग छनोट गरिएको छ। आज विशेष गरी हिमाली गाउँपालिका धिम, बोल्डिक, बाधु, फैति लगायत स्थानीयले आखा कान र अपाङ्गता भएको व्यक्ति लाई चेकजाँच गरिएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताउनु भएको छ।

  • १५ माघ २०७९, आईतवार १६:५७ प्रकाशित

  • Nabintech