गाउँमा भएका विसंगति र विकृति लाई अन्त्य गर्ने वडा अध्यक्ष थापाको प्रतिबद्धता

  • उमेश रोकाया

  • बाजुरा- हिमाली गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रदिप थापाले गाउँमा भएका बिसंगति र विकृति लाई अन्त्य गराउने प्रतिबद्धता गरेको छन।

    गाउँपालिका अन्तर्गत वडा न.५ मा स्थायी रूपमा बसोबास गर्ने रुगिन गाउँ स्थित टोलमा किउडी, बच्छ्या र रुगिन नदपाटा गाउँका सम्पुर्ण जनताको सेवा सुबिधा पुर्‍याउने हिसाबले आफ्नो प्रतिनिधित्व रहेकोे बताएका छन। आफु वडा अध्यक्ष पदको उम्मेद्बारी रहदा वडा भित्र रहेका भोका निमुखा तथा सर्वहारा जनताको आफ्नो गर्ने सक्ने क्षमता आधारमा बिकास निकास गर्ने पनि भनिएको छ।

    वडा अध्यक्ष थापाले भने पुर्व अध्यक्ष वडामा रहेको अधुरो गर्ने नसकेको योजनाहरु अगाडी बढाउने बताएको छ। आफ्नो कार्यकालमा सर्व प्रथम गाउँ गाउँमा बिसंगति विकृतिलाई हटाउन मेरो प्रयास जारी गरिने छ्। कार्यकाल सुरुमा गाउँमा भएको शिक्षा बाट बन्चित निमुखा जनता रोगीहरुलाई उपचार सेवामूलक कार्य अगाडी बढाइने छ। गाउँ टोलमा विभिन्न भौगोलिक दृस्ठिकोण कारण पछाडी परेको गाउँ बस्तीमा शिक्षा, स्वास्थ, खानेपानी, बाटोघाटो लगायत सडक नपुगेको बस्तीमा सडक पुर्‍याउने विशेष जोड दिने बताएको छ।

    आफ्नो वडा टोल हुँदा बस्ती सम्म भएको विकास निकासका क्षेत्रमा केहि समस्यालाई समाधान गर्न टोल टोलमा छलफल गरी नजिकै गाउँपालिका जिल्ला, प्रदेश सरकार र केन्द्रको सरकार सम्म पुर्‍याउने लक्ष्य समेत रहेको बताएको छ। आफ्नो जनतालाई कानुनी रुपमा पनि निष्पक्ष तरिकाले कायम गरिने भएको छ।

    अध्यक्ष थापा भनाइ आफ्नो प्रतिबद्धता सहि तरिकाले कार्यमा ल्याउन वडामा रहेका वडा बासिन्दालाई आफ्नो सहयोग गरिनुपर्ने अपेक्षा गरेको छन। आफु लाई निर्वाचन भारी मतले बिजय गराउने सम्पुर्ण मतदातालाई धन्यवाद समेत गरेका वडा अध्यक्ष थापाले बताएको छन।

    आफ्नो कार्यकाल भारी जनप्रतिनिधि जनताको सेवक भएर कामकाज निरन्तरता गरिने बताएको छ। बिकास पुर्वाधार विभिन्न क्षेत्र सक्दो काम गरिने छ। भौगोलिक हिसाबले पछाडी रहेको वडा भएपनि गाउँमा हुन सक्ने गर्ने सक्ने खालका तालीम गोष्टि सहित रोजगारी तीब्र गतिविधिमा अगाडी बढाउने अध्यक्ष थापाले बताउनु भएको छ।

  • १५ माघ २०७९, आईतवार १७:०५ प्रकाशित

  • Nabintech