कोहलपुरमा फागुन ५ गतेदेखी १५ गतेसम्म ‘लुम्बिनी प्रादेशिक महोत्सव संचालन हुने

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरमा फागुन ५ गतेदेखी महोत्सव संचालन हुने भएको छ । कोरोना महामारीपछि कोहलपुर उद्योग वाणिज्य संघले पहिलो पटक ‘लुम्बिनी प्रादेशिक महोत्सव २०७९’ संचालन गर्न लागेको हो ।

    महोत्सव आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म कोहलपुरको खुल्ला मैदानमा हुने आयोजकले जनाएको छ ।

    हाल महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक मूल समारोह समिति संयोजक एवं कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिए । वाणिज्य संघको भवन निर्माणार्थ संचालन गर्न लागिएको महोत्सवमा २ सय ५० बढी स्टलहरु रहने र करिब तिन लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

    महोत्सवमा स्थानिय कला, संस्कृतीका साथै स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको संयोजक पौडेलले बताए ।

    महोत्वसमा स्थानिय उत्पादन बिक्रि गर्नका लागी स्टल चार्जमा २० प्रतिसत छुट दिने बताउदै स्कुले बिद्यार्थी लाई बिहान १० बजे देखि १२ सम्म निशुल्क अवलोकनको व्यवस्था मिलाईएको बताइएकाे छ  ।
    साथै सदस्यता नबिकरण गरेका संघका सदस्य लाई समेत कार्डका आधारमा निशुल्क महोत्वस अवलोकन गर्न दिईने छ  ।
    कोहलपुरको पहिचान दिने स्थानिय बस्तु र उत्पादन प्रद्र्धशनीका लागी अनि न्युन शुल्कमा स्टल उपलब्ध गराईने बरिष्ट उपाध्यक्ष प्रदिप भटराईले जानकारी दिए ।

  • २० माघ २०७९, शुक्रबार २१:२२ प्रकाशित

  • Nabintech