नेपाल पत्रकार महांसघ मुगुको आयोजनामा स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा मैत्रीपूर्ण फुटबल आयोजना

  • सनत हमाल

  • णगमगढीमा स्वर्गीय सुमन मल्लको सम्झनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।
    नेपाल पत्रकार महांसघ जिल्ला शाखा मुगुको आयोजना र रारा छायाँनाथ मिडिया प्रालिको संयोजनमा गमगढीमा शनिबारदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगीता भयकाे हाे।


    1. स्वर्गीय मल्ल की ७५ वर्षीया आमा मुगादेवी मल्ल र छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले संयुक्त रूपमा  उदघाटन गर्नु भयकाे थियाे ।
      उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पाँच टीमले सहभागिता जनाएका छन जसमा सुरक्षा कर्मचारी टिम,मुगु उद्योग वाणिज्य संघ टिम, नगरपालिका टिम, राजनीतिक दलका नेताको टिम र पत्रकारको टिम रहेका छन । स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा मैत्रीपूर्ण फुटबल प्रतियोगीता गरीयको र आउँदो वर्षदेखि सुमन स्मृति मैत्री फुटबलको आयोजना गर्ने लक्ष्य महासंघले बनाएको पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानकारी दिनु भयकाे छ ।


    लामो समयदेखि बिरामी रहेका सुमन मल्लको गत वर्ष वैशाख २९ मा निधन भएको थियो । मल्लका वृद्धा आमा दुई छोरी, एक छोरा र श्रीमति लाई जीवन धान्न मुस्किल भएको छ । जसमा समावेश भयका पाँच टोली बाट टीम दर्ता स्वरूप लियको सुल्क स्वर्गीय मल्लका परिवार लाई दिने अध्यक्ष मल्लले जानकारी दिनुभयो।

  • २१ माघ २०७९, शनिबार २२:३५ प्रकाशित

  • Nabintech