मुगुको छायाँनाथ रारा नगरपालिकाले नगर भित्रका अबैध संरचना हटाउन थाल्यो

  • सनत हमाल

  • मुगुको छायानाथ रारा नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा रहेको अदालत चोकदेखि महाकाली गेट सम्मका अवैध संरचना हटाउन सुरु गरेको हो ।
    मुगुको मुख्य बजार क्षेत्ररहेको गमगढीको अवैध संरचना भर्याङ,बारदली,टहरा हरुका कारणले कुरुप बनेकाले नगरपालिकाले पटक पटक गरी चार चोटी समेत सूचना जारी गरेको थियो सो सूचना स्थानियले अटेर गरेकाले संरचना हटाउनु सुरु गरेको नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताए । नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकारभित्र पर्ने भर्याङ,बारदली,घर,टहरा हरु हटाउन थालेको र मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, टेलिकमका पोल तथा तारहरू हटाउन सम्बन्धित कार्यालयलाई पत्र समेत दिइसकेको छ।
    ४ वटा पालिकाको मुख्य केन्द्र र मुगु जिल्लाको सदरमुकाम भएकोले सवारी चाप व्यवस्थापनसँगै सुन्दर नगरपालिका बनाउने उद्देश्यले यस्तो काम सुरू गरिएको नगर प्रमुख भामले जानकारी दिएका छन।

  • १२ फाल्गुन २०७९, शुक्रबार १९:१८ प्रकाशित

  • Nabintech