हिमाली-५ का भुकम्प पीडित १ सय २१ जना घरपरिवारलाई राहत वितरण

  • उमेश रोकाया

  • बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ५ का भुकम्प क्षेति भएका १ सय २१ घरपरिवारलाई राहत वितरण गरेका छ।

    फागुन १० गते आएको भुकम्पमा प्रभावित घरपरिवार लाई गाउँपालिका द्रारा राहत वितरण गरिएको छ। विशेषगरी वडा नम्बर ५ भित्रका भुकम्प क्षेति आंशिक र पुर्ण रूपमा घर प्रभावित भएका घरपरिवार लाई चैत १४ गते मंगलवार दिनमा कुवाडीमा भुकम्प पीडित १ सय २१ जनाका घरपरिवारलाई राहत वितरण गरेका छन।

    गाउँपालिका कृषि शाखा प्रमुख टोप बहादुर शाही र हिमाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप थापा सहित पीडित भएका स्थानीय उपस्थितिमा प्रत्येक घरलाई ३० किलोग्राम चामल वितरण गरिएको छन। हिमाली गाउँपालिका सहयोगमा कुवाडीमा राहत वितरण गरिएको कृषि शाखा प्रमुख टोपबहादुर शाहीले बताउनु भएको छ।

    भुकम्प गर्दा हिमाली बिच्छ्या केन्द्र बिन्दु परेको हुँदा आसपास वडामा भएको क्षेति विवरण अनुसार राहत वितरण गर्ने गरेको छ। गाउँमा भएका आंशिक तथा पुर्ण रूपमा क्षेति पुर्‍याएको घरपरिवार लाई खानाको लागि थोरै दिनको लागी भएपनि चामल राहत सहयोग गरेको छ। पालिका बाट सानो सहयोग मद्दतले हिमाली गाउँपालिका वडा नम्बर ५ का वडामा भुकम्प क्षेति ग्रस्त भएका १ सय २१ जनाको घरपरिवारलाई चामलको राहत वितरण गरेका कृषि शाखा प्रमुख शाहीले बताएको छन।

    माघ १० गतेको दिन बिच्छ्यामा केन्द्र बिन्दु दिउँसो ५ दशमलव ९ म्याग्नेच्युडको दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो। हिमाली गाउँपालिकाको बिच्छ्या भुकुम्प केन्द्र बिन्दु हुँदा मानवीय क्षेति नभएको कारणले वडाको बस्तीमा घरहरुमा सामान्य घरमा पर्ने गएको असरमा पुर्‍याएको क्षेतीको विवरण संकलन अनुसार राहत उपलब्ध गराइएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएको छ।

  • १७ चैत्र २०७९, शुक्रबार ०९:३६ प्रकाशित

  • Nabintech