नेशनल प्याब्सन कोहलपुर नगर कमिटी द्धारा मन्टेश्वरी तालिम सम्पन्न

  • अशाेक भण्डारी

  • नेशनल प्याब्सन कोहलपुर नगर कमिटिको आयोजनामा कोहलपुरमा एक दिने मन्टेश्वरी तालिम तथा कार्याशाला सम्पन्न भएको छ । विद्यार्थीहरुलाई थप शिक्षण सिकाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि तालिमको आयोजना गरिएको नेशनल प्याब्सन कोहलपुर नगर कमिटि अध्यक्ष बिष्णु केसीले बताउनुभयो ।नयाँ विधि र प्रविधिको बिकास सँगै शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षण सिकाईलाई जोड दिदै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई तालिमको आयोजना गरिएको अध्यक्ष केसीले नमस्ते कर्णालीलाई जानकारी दिनुभयाे ।


    शिक्षण सिकाईमा तल्लो तह देखी नै नयाँ शैली अपनाई बालबालीकाको शिक्षामा मन्टेश्वरी बिधिलाई प्रयोगमा ल्याइनु पर्ने, बालबलिका, अभिभावक र स्कूल व्यवस्थापकहरुवीच प्रभावकारी रुपमा सम्बन्ध स्थापित गराउँदै बालमनोविज्ञान अनुसारको शिक्षण सिकाई क्रियाकलापलाई प्रभाबकारी बनाउनु पर्ने प्रशिक्षक दिप्ती राना मगरले बताउनु भयो ।
    नेशनल प्याब्सन अन्तरगतका १८ बिद्यालय रहेकोमा १४ बिद्यालयका ४९ जना प्रि प्राईमरीका शिक्षिकाहरुको सहभागीता रहेको थियो । यस्तै कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमालले शिक्षकलाई तालिमको अभाव परिपूर्ति गर्दै गुणस्तिरीय शिक्षाको परिकल्पनासंगै शैक्षिक हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो ।


    यस्तै बालबालिकालाई कसरी अध्यापन गराउने, शौक्षिक सामग्रीको प्र्रयोग कसरी गर्ने÷गराउने, के–के समाग्री आवश्यकता हो, कुन अक्षर कुुन सामग्रीको रुपमा प्रस्तुत गर्ने र बालबालिकालाई कसरी अध्यापन गराउने विषयमा शिक्षकलाई मन्टेश्वरी तालिम प्रदान गरिएको हो । सो तालिम एन प्याब्सन नगर कमिटि अध्यक्ष विष्णु केसीको अध्यक्षता तथा कोहलपुर नगरपालिका शिक्षा शाखा राम बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमको पहिलो शत्रमा एन प्याब्सनका लुम्बिनी प्रदेश सह कोषा अध्यक्ष कमल पछाई, जिल्ला अध्यक्ष श्याम कुवर, प्रथम उपाध्यक्ष किशोर राज मल्ल, उपाध्यक्ष चिरिञ्जीबी चन्द ,सदस्य महेन्द्र कार्की, कोहलपुर संस्थागत बिद्यालयहरुको संगठन क्रिसा अध्यक्ष बेग प्रसाद चन्द लगायतको सहभागि रहेको थियो । ज्ञानेन्द्र आचार्यले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिबाट सहभागीहरुलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।

     

  • २३ बैशाख २०८०, शनिबार १९:१० प्रकाशित

  • Nabintech