अदानचुलीमा (VERSP-MIS) तथा VPN सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम सञ्चालन

  • नमस्ते कर्णाली

  • सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सवलीकरण परियोजना अन्तर्गत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) तथा Virtual Private Network VPN सम्बन्धि ३ दिने तालिम मंगलबार देखि अदानचुली गाउँपालिकामा सुरु भएको छ । अदानचुली गाउँपालिका पञ्जिकरण शाखाको आयोजनामा सो तालिम सुरु भएकोे हो ।
    तालिम सामाजिक सुरक्षा र घटना दर्तालाई अझै प्रभावकारी बनाएर VERSP–MIS system सम्बन्धि वडा सचिव ,कम्प्यूटर सहायकलाई थप दक्ष बनाउने उद्देश्यले प्रदान गरिएको पञ्जिकरण शाखाले जनाएको छ ।
    वडा सचिबहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली तथा ख्एल् सम्बन्धी र ख्एल् सम्बन्धी तालिम प्रदान गरिसकेपछि हाल पञ्जिकरण शाखाबाट हुदै आएका वडाका सम्पुर्ण काम अब केहि दिनमै वडा बाटै हुने पञ्जिकरण शाखाले जानकारी दिएको छ ।
    अदानचुली गाउँपालिकाका नि.प्रमुख ,प्रशासकिय अधिकृत मेघनाथ शाहीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य,वडा सदस्य, तथा वडा सचिव, कम्प्युटर अपरेटरको उपस्थिति रहेको थियो । तालिमको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले तालिमको सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रम जेठ ४ गते सम्म संचालन हुने छ ।

  • ३ जेष्ठ २०८०, बुधबार ०८:०१ प्रकाशित

  • Nabintech