मुगुमा हेलिकप्टर बाट २ सुत्केरी महिलाको उद्वार

  • नमस्ते कर्णाली

  • हिमाली जिल्ला मुगुमा साेमवार एकै पटक हेलिकप्टर मार्फत दुई जना सुत्केरी महिलाको उद्वार गरिएकाे छ । छायानाथ रारा नगरपालिका वडा नं २ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाकाे हेलिकप्टर बाट उद्वार गरिएको हाे ।
    दुबै सुत्केरी महिला र बच्चाको ज्यान जाेखिममा रहेकाे र एक जना सुत्केरी महिलाकाे बच्चा तेश्राे परेकाे ,अर्को सुत्केरी महिलाकाे जन्मेको शिशुकाे टाउकाे ठुलाे भएकाे बच्चा ४ केजि भन्दा बढिकाे भएकाे हुदा जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनिहरु लाए प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा, कमल ढुंगानाले बताए ।
    यहाँकाे स्थानीय प्रशासन र अन्य सराेकारवाला निकायकाे समन्वयमा उनिहरु लाई उद्वार गरिएकाे प्रमुख जिल्ला अधिकारी माेहन थापाले बताए ।

  • २५ असार २०८०, सोमबार १९:०४ प्रकाशित

  • Nabintech