मुगुकाे खत्याड गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

  • नमस्ते कर्णाली

  • मुगुको खत्याड गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता  सुरु भएको छ ।  आज एक कार्यक्रमका विच गाउँपालिकाले प्रतियोगिताको उघद्धाटन  छ । पहिलो दिन भएका खेल छात्रा लङ्गजम्पमा प्रथम कालिका मावि बुगा, द्धितिय पञ्चदय मावि नखर्जि र तृतिय लोकप्रिय मावि गम्था भएका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण उपाध्याले बताउनुभयो । यस्तै छात्रा त्रिपल जम्पमा प्रथम महादेव मष्टा नमुना रातापानि, द्धितिय लोकप्रिय मावि गम्था र तृतिय पञ्चदय मावि नखर्जि भएका उहाँले बताउनुभयो । त्यस्तै छात्र लङ्गजम्पमा प्रथम लोकप्रिय मावि गम्था, द्धितिय कालिका मावि बुगा र तृतिय बाल शिक्षा मावि कवा भएका छन भने छात्र त्रिपल जम्पमा लोकप्रिय मावि गम्था प्रथम, द्धितिय कालिका मावि बुगा र तृतिय महादेव मष्टा माद्यामिक विद्यालय रातापानी भएका छन ।

    भोलीबाट भलिबल, कवड्डी, तेकवान्दो, करातेँ र ज्याप्लींङ्ग थ्रो, सर्पफुट, हाईजम्प र लङ्गंजम्प, त्रिपल जम्प र दौडका विभिन्न विधाका खेल सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिका भित्रका ह्याङ्गलु माद्यामिक विद्यालय वाहेक अन्य ११ वटा विद्यालयको सहभागिता रहेको छ ।

    आज देखि सुरु भएको प्रतियोगिता आगामी करीव एक हप्ता सम्म सञ्चालन हुने छ । आउदो १३ गते भित्र पालिकामा रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरीसक्नु पर्ने जिल्ला खेलकुद विकाश समितिको निर्णय अनुसार प्रतियोगिता सञ्चालन भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्याले बताउनुभएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । लोकप्रिय माद्यामिक विद्यालयका शिक्षक रतन बहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा खेलाडि तथा खेलप्रेमि दर्शक महानुभावको उल्लखेनिय सहभागिता रहेको थियो ।

  • ८ मंसिर २०८०, शुक्रबार २१:१७ प्रकाशित

  • Nabintech