कविदत्त ढकाल
निकुञ्ज क्षेत्रमा बसाइँ गर्दै आएका प्राणीहरु कमिला र हात्ती पनि हुन । अन्य प्राणीहरुसग रमाउदै गरेका यी दुबै प्राणी एक भयानक छ हात्ती । अर्को छ सूक्ष्म जीव कमिला ।
हात्ती लम्केर हिडदछ । अरु प्राणीलाई सामान्य रुपले हेर्दछ ।जहिल्यै उसमा घमण्ड देखिन्छ । म सर्वश्रेष्ठ हुँ । मलाई अप्ठ्यारो केही छैन भन्ने कठाेर भावना पालेर बसेकाे छ । इच्छा लागे पल्टिन्छ,उठछ, हिडछ । खान मन लागे अग्ला अग्ला रुखदेखि साना बुट्यानसम्म राख्दैन ।कुनै अन्य जीवहरु भेटाए तर्साउछ । शक्तिको आडमा सिकार पनि गर्दछ । छट्टु जीवहरु भागिहाल्थे । हात्तीको आशा निराशामा परिणत हुन्थ्यो ।
कमिला माटोमा खेल्दछ । माटोमा रमाउछ । काम निरन्तर गरिरहन्छ । अरु प्राणीदेखि जाेगिन खाेज्दछ । समूहमा मिलेर काम गर्दछ । आफ्नो ताैलभन्दा हजारौं गुणा भारि भएको आहार ओल्टाइ पल्टाइ लगेर आफ्नो खाना स्याहार गर्दछ । नसके साथीहरूसग मद्दत माग्दछ ।कसैले नजिस्काय निरन्तर आफ्नो काम गरिरहन्थ्याे । सकेजति शान्त र सुरक्षित हुन चाहन्थ्याे ।
एक दिन कमिलालाई हात्तीले जिस्कायाे छ । कमिला भाग्न खाेजेछ । सकेजति भाग्याे छ ।धेरै टाढा पुग्याे छ । हात्ती कमिलोलाई लखेट्टन कमिलाेका पछि पछि लागेछ । कमिलो हतासियाे छ । खुट्टाको छेउबाट सरर टाउकाेमा पुग्यो छ । हात्ती अझै कमिलोका खाेजिमा हिडिरहेकाे रहेछ ।
कमिलो हात्तीको चाल बुझेर हेरिरयाे । हात्ती लम्कनेबेला हजारौं कमिला मरेको देख्यो । कमिलोलाई रिस उठ्यो । त्यो हात्तीको टाउकोमा गएर टसक्क टासिएर टाेक्न थाल्यो ।
हात्ती दगुर्याे । जङ्गल पुरै घुम्याे । अन्तमा हात्ती ढल्याे ।
कमिलाे विजयी भयाे । खुशीले गदगद भयाे । आफ्ना साथीहरू भेटन जङ्गल घुम्याे ।
आफ्ना खुसिहरु बतायो । सबै कमिला गदगद भए । सबै कमिला आएर हात्तीको एक चाैटा पनि नरहने गरि सिध्याए ।
घमण्ड एक दिन सि्ध्याउने अस्त्र हाे । याे सबै प्राणीमा लागू हुन्छ । सरल र सरस जीवनकाे उत्तम मार्ग हाे ।