नेपाल एयरलाईन्सको ट्रेविनेटर विमान रारा विमान स्थलमा ग्राउण्डेट।

  • सनत हमाल

  • नेपाल एयरलाइन्सको जहाज ब्याट्रीको अभावले रारा विमानस्थल ताल्चामा रोकिएको छ । आईतवार ११ बजे नेपालगन्जबाट नेपाल एयरलाइन्सको 9N-ABU कल साइन भएको जहाज तीन जना यात्रु लिएर मुगुको रारा विमानस्थल ताल्चा आएको थियोे । जहाज मुगुबाट १३जना यात्रु लिएर नेपालगन्ज उडान भर्न क्रममा जहाजको ब्याट्रीमा समस्या आउदा जहाज ताल्चामा रोकिएको हो ।
    जहाजमा समस्या आएपछी तत्कालै तारा एयरलाइन्सको जहाजवाट नेपालगजबाट इन्जिनियर झिकाई जहाजको समस्या चेक जांच गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगजवाट ब्याट्री झिकाएपछी मात्र १३ जना यात्र सहित जहाज सोमवार नेपालगंजकालागी उडान भर्ने नेपाल एयरलाईन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिएका छन् । उक्त एयरलाइन्सवाट नेपालगंज जाने १३ जना यात्रुहरु रारा विमान स्थलको ताल्चाका होटलमा बसेको छन । नेपालगजबाट व्याट्री पुग्न वित्तिकै यात्रुहरु बोकेर जहाज फर्किन भामले बताए।

  • १८ मंसिर २०८०, सोमबार ०७:४० प्रकाशित

  • Nabintech