हिमाली गाउँपालिकाको प्रशासकिय अधिकृतमा पुन राज भण्डारी

  • नमस्ते कर्णाली

  • बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा पुन राज बहादुर भण्डारी नियूक्त हुनुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीको सुरुवा भए पछी भण्डारी पुन दोहोरिनु भएको छ ।
    संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार चौधरीको सरुवा भएको गाउंपालीकाले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएपछि भदौ १८ गते देखि चौधरी हिमाली गाउँपालिकामा हाजिर भएर कामकाज गर्दै आउनु भएको थियो । विगत दुई बर्षदेखि गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रहेका भण्डारी भदौमा जनकलाल चौधरी आएपछि सूचना अधिकारी पदमा रहेर काम गरीरहनु भएको थियो ।
    चार महिनामै प्रमुख चौधरीको सरुवापछि भण्डारीलाई पुनः निमित्त प्रमुख प्रशाशकिय अधिकृतको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका भण्डारीलाई गाउँपालिकाले स्वागत गरेको छ ।

  • १८ मंसिर २०८०, सोमबार २०:०७ प्रकाशित

  • Nabintech