हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ।

    ईन्टरनेलशन नेपाल फेलोशिप (नेपाल) को आयोजना र हिमाली गाउँपालिका समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख उपप्रमुख सहित लाई तालिम दिएको छ। गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका जोखिम भुकम्प बाट कसरी जोगिने र अरुलाई कसरी उद्धार गर्ने भुकम्प आउनुभन्दा अगाडि कस्तो पुर्व तयारी रहने भन्ने विषय छलफल गरेका छन। बाढी पहिरो र आगलागी बाट कसरी सुरक्षित हुन सकिन्छ।

    त्यसलाई रोकथाम कस्ता खालका उपाय अपनाउन सकिन्छ भन्ने कुरामा अन्तरक्रिया गरिएको छ। आगलागीबाट कसरी बचाउने र गाडी तथा मोटरसाइकल दुर्घटना परेका मान्छेलाई कसरी उद्धारको बाट लाग्ने भन्ने हो। दुर्घटना परेका मान्छेलाई कसरी बचाएर सुरक्षित राख्ने संगै स्वास्थ चौकीमा कसरी लैजाने भन्ने विषयमा बैठकमा एक आपसमा छलफल गरिएको आइ.एन.एफ. नेपाल हिमाली गाउँपालिका टिम लिडर गणेश दत्त खटिकले बताएका छन।

    आइ.एन.एफ. नेपाल बाजुराले हिमाली गाउँपालिका कार्यालय लाई विपत पुर्व तयारीका लागि आवश्यक सामाग्री बोर्ड २ थान फष्ट राड बकस ५ वटा सेकुटी ज्याकेट २५ वटा सेकुटी हेल्मेट २५ वटा फायर स्टिङ्गिचर ४ वटा बेल्छा १० वटा त्रिपाल १५ वटा पालिकाको जिन्सी शाखा प्रमुख देवराज संजाल जैशी लाई सामाग्री हस्तान्तरण गरिएको छ। केहि विपद सामाग्री प्रहरी चौकी धुलाचौरलाई बुझाएको आइ.डि.एस. नेपाल सहयक क्षमता बिकास अधिकृत सम्झना परिवारले बताउनुभयो।

    आइ.डि.एस. नेपाल बाजुरा हिमाली गाउँपालिका गाउँ टोलमा जनचेतनामूलक कार्यक्रम मात्र नभएर विभिन्न क्षेत्रमा सहकार्य गरिएको छ। उतिकै स्वास्थ क्षेत्र पनि काम गरेको छ। पालिका विभिन्न विपदको समय समन्वय भएर स्थानीय केहि सहयोग पाएका छौँ। सहयोगी हातहरु लाई धन्यवाद दिदै पालिका गरेको कामको मुल्यांकन गर्दै एक कार्यक्रम बीच आइ.डि.एस. नेपालका २ जना कर्मचारी लाई कदर पत्र गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गरेका हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

    उक्त बैठकमा बोल्दै हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले आइ.एन.एफ. नेपाल संस्थाले वडा टोलमा जनचेतनामूलक कार्यक्रम गरेको छ। रोजगारी सृजना भएको छ। विपदको समयमा पनि आवश्यक समान प्रदान गरेको छ। हामिले पालिका मात्र बिपद तालीम गोष्ठी गरेर हुने केही छैन । वडा गाउँ र बस्तीमा आइ.एन.एफ. बाट प्राविधिक सहयोग गरेर गाउँ विपद तालिम दिदा झन उचित राम्रो हुने भएको छ। प्रत्येक वडामा विपद अभ्यास वडाका सर्वसाधारण लिएको भय राम्रो हुने अध्यक्ष मल्लले बताएका छन। हामीले सबै विपदका सामाग्री वडा तथा गाउँ दिने गरेका छौ। गाउँपालिकामा भुकम्प प्रतिरोध घर १ सय २८ घरहरू निर्माणकार्य गरेका छौ। बोलेर मात्र हुनेवाला केहि छैन। कार्यनयन पाटोलाई ध्यान दिनुपर्छ। आइ.एन.एफ. संस्था लाई हामीले गर्ने सहयोग पुर्ण गरिरहेका बताएको छ।

  • २६ मंसिर २०८०, मंगलवार ११:१५ प्रकाशित

  • Nabintech