‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ भव्य रुपमा सम्पन्न (फोटोफिचर सहित)

  • नमस्ते कर्णाली

  • ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा बुधबारदेखि १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको आज भब्य रुपमा समापन भएको छ । मंसिर २७ देखि २९ गतेसम्म भएको उद्घाटन कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायले गरेका थिए । यस्तै सो प्रतियोगितामा कक्षा (१–५) को उपाधि फुलबारी एजुकेशन एकेडेमीले लिएको छ । तीन तह मा भएको खेलमा ३ तह (१–५, ६–८ र ९–१२) मा खेलकुद प्रतियोगितामा कक्षा (१–५) को उपाधि फुलबारी एजुकेशन एकेडेमीले लिएको हो ।


    कक्षा (१–५) तहमा भएको प्रतियोगितामा फुलबारी एजुकेशन एकेडेमी प्रथम, हिमालय विद्या निकेतन द्धितीय र स्काई ल्याण्ड ईमी स्कुल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
    फुलबारी एजुकेशन एकेडेमीका छात्र सन्देश विसीले १०० मिटर, २०० मिटरमा प्रथम भएका थिए भने, फुस्टलमा छात्रतर्फ प्रथम भई कक्षा (१–५) को उपाधि लिएको हो ।
    यस्तै फुलबारी एजुकेशन एकेडेमीका छात्र सुप्रिम भुजुले कक्षा (६–८) मा १०० मिटर दौडमा तृतीय स्थान ल्याउन सफल भएका थिए भने ४०० मिटर दौडमा अन्जु थारु तृतीय स्थान ल्याउन सफल भएकी थिइन् ।


    यस्तै ४ह१०० मिटर दौडमा रमित बाथ, अनुज थारु, सुप्रिम भुजु, र कविराज बिके तृतीय र सटफुटमा विपासा थापाले तृतीय स्थान ल्याउन सफल भएकी थिइन् ।
    हिमालय विद्या निकेतनका छात्रतर्फ २०० मिटर दौडमा सितल शर्माले प्रथम स्थान ल्याउन सफल भएकी थिइन् भने म्यूजिकल चियरमा छात्रतर्फ वर्षा कुमारी खड्का द्धितीय स्थान ल्याउन सफल भएकी थिइन् ।

    यस्तै स्काईल्याण्ड ईमी स्कुलका छात्रतर्फ सुमित थापा, अनित रोकाया, ए–वन जंग शाही, विजय शाही, निर्जल कार्की, दिपेश शाही र निरज आङबुङले फुस्टलमा तृतीय स्थान ल्याउन सफल भएका थिए भने म्यूजिकल चियरमा जमुना शाही प्रथम स्थान ल्याउन सफल भएकी थिइन् ।
    यस्तै कक्षा (६–८) को उपाधि कोहलपुर बागेश्वरी ईमी स्कुलले लिएको छ ।


    तीन तह (१–५, ६–८ र ९–१२) मा भएको खेलमा कक्षा (६–८) को उपाधि बागेश्वरी ईमी स्कुलले लिएको हो ।
    कक्षा (६—८) मा बागेश्वरी ईमी स्कुल प्रथम, पञ्चमुखी ईमी स्कुल र हिमालय विद्या निकेतन द्धितीय र नमुना विद्या सदन तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
    कक्षा ६–८ मा बागेश्वरी ईमी स्कुलका छात्रातर्फ पार्वती बुढाले १०० र ४०० मिटर दौडमा प्रथम भएकी थिइन् भने अभिषेक विकले ४०० मिटर दौडमा प्रथम र १०० मिटर दौडमा द्धितीय स्थान ल्याउन सफल भए ।
    कक्षा ९–१२ मा बागेश्वरी ईमी स्कुलका छात्रातर्फ शन्देश जैसीले १०० मिटर दौडमा तृतीय स्थान ल्याउन सफल भए ।
    यस्तै कक्षा १–५ मा बागेश्वरी ईमी स्कुलका छात्रतर्फ युवराज देवकोटाले १०० मिटर र २०० मिटर दौडमा द्धितीय स्थान प्राप्त गरे भने छात्रातर्फ निरुता मल्ले १०० मिटर दौडमा द्धितीय स्थान प्राप्त गर्न सफल भईन ।

    यस्तै कक्षा १–५ मा उत्कृष्ट खेलाडीमा स्काईल्याण्डका निर्जल कार्की, सार्वधिक गोलकर्तामा शमशेरजंग ईमी स्कुलका गजल यारी र उत्कृष्ट गोल किप्परमा फुलबारी एजुकेशन एकेडेमीका इन्द्रलाल नेपालीले प्राप्त गरेका थिए ।

    यस्तै कक्षा ९–१२ मा नमूना विद्या सदनकी छात्रा अनिता बस्नेतले उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको थियो ।
    बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा भएको १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कक्षा (९–१२) को उपाधि हिमालय विद्या निकेतनले लिएको छ ।
    तीन तह (१–५, ६–८ र ९–१२) मा भएको खेलमा कक्षा (९–१२) को उपाधि हिमालय विद्या निकेतनले लिएको हो ।
    कक्षा (९–१२) तहमा भएको प्रतियोगितामा हिमालय विद्या निकेतनले प्रथम, नमूना विद्या सदनले द्धितीय र तक्ष्यशिला एकेडेमीले तृतीय स्थान ल्याउन सफल भएका छन्


    कक्षा (९–१२) तहमा भएको प्रतियोगितामा हिमालय विद्या निकेतनका छात्र र छात्रातर्फ नविन थापा क्षेत्री र जेनिशा बस्नेतले १०० मिटर दौडमा प्रथम भएका छन् ।
    ४ह४०० मिटर रिले दौडमा छात्रातर्फ प्रथम भएका छन् भने छात्रतर्फ सटफूटमा नविन वलीले प्रथम स्थान ल्याउन सफल भएका छन् भने भलिबलमा भने हिमालय विद्या निकेतनले तृतीय स्थान ल्याउन सफल भई कक्षा (९–१२) को उपाधि लिन सफल भएको हो ।
    यस्तै कक्षा (९–१२) तहमा भएको प्रतियोगितामा नमूना विद्या सदनले छात्र÷छात्रातर्फको भलिबल प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएका छन् भने १०० मिटर दौडमा करुना सुनारले द्धितीय स्थान ल्याउन सफल भएको


    यस्तै कक्षा (९–१२) तहमा भएको प्रतियोगितामा तक्ष्यशिला एकेडेमीले ४ह४०० मिटर रिले दौडमा छात्रतर्फ प्रथम भएको थियो भने छात्रा तर्फ द्धितीय स्थान ल्याउन सफल भएको थियो ।

    भलिबल तर्फ तृतीय स्थान प्राप्त गरेको थियो भने सटफुटमा छात्रतर्फ तृतीय स्थान प्राप्त गरेको थियो ।
    यस्तै कक्षा १–५ मा उत्कृष्ट खेलाडीमा स्काईल्याण्डका निर्जल कार्की, सार्वधिक गोलकर्तामा शमशेरजंग ईमी स्कुलका गजल यारी र उत्कृष्ट गोल किप्परमा फुलबारी एजुकेशन एकेडेमीका इन्द्रलाल नेपालीले प्राप्त गरेका थिए ।
    यस्तै कक्षा ९–१२ मा नमूना विद्या सदनकी छात्रा अनिता बस्नेतले उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको थियो ।

  • २९ मंसिर २०८०, शुक्रबार २१:३८ प्रकाशित

  • Nabintech