सर्बोउत्कृष्ट पब्लिक च्वाइस अवार्डबाट कलाकार तिलक बुढा र उत्कृष्ट देउडा गायकमा न्यौपाने सम्मानित

  • नमस्ते कर्णाली

  • इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०२३ को पहिलो संस्कारणमा कर्णालीको लाटो गीतबाट कालीकोटका कलाकार तिलक बुढा सम्मानित हुनु भएको छ तथा उत्कृष्ट देउडा गायक अवार्डबाट कलाकार खगेन्द्र न्यौपाने सम्मानित हुनु भएको छ ।
    आयोजकले यस अघि भोट प्रक्रियाबाट शुरु गरेको पहिलो संस्करण जुरी तथा च्वाईस अवार्डबाट सर्बोउत्कृष्ट भोट ल्यायर कर्णालीको लाटो गीतबाट कलाकार तिलक बुढालाई सम्मानित गरेको हो । यस्तै उत्कृष्ट देउडा गायिका अवार्डबाट इब्सन संज्याल सम्मानीत हुनु भएको हो । इण्डो नेपाल सुजन म्युजिक प्रा.लि अनामनगर काठमाडौ रहेको छ । ४४ वटा बिधामा ७५ जना कलाकारहरुले सम्मान पाएको इण्डो नेपाल सुजन म्युजिक प्रा.लिका अध्यक्ष जमुना रानाले जानकारी दिनु भयो । भारतको राजधानी नयाँदिल्लीमा भारतका लागी नेपाली राजदुत डा. शंकर शर्माको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

  • २ पुष २०८०, सोमबार ११:३४ प्रकाशित

  • Nabintech