मुगुका विधार्थी बालबालिकाहरु न्यानो कपडा पाएपछि खुशी

  • सनत हमाल

  • पुस गते

    मुगु जिल्लाको सोरु गाउपालिका वडा सिड्डिमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयका साना सानाबालबालिका खुशिले फुरुङ्ग हुँदै विधालयको चौर वरपर घुमिरहेका थिए सोरु गाउपालिकाका भित्र वटा सामुदायिक विधालयमा अध्यनरत छात्र छात्राहरुलाइ व्याक टु लाइफ को आर्थिक सहयोग कर्णालीसामुदायिक विकास केन्द्र (केसिडिसीमुगु) सस्थाको सहजिकरणमा न्यानो कपडा विधालय ड्रेस उपलब्धगरिएपछी विधार्थीहरु खुशी देखिएका हुन

    विधार्थीहरु मात्र होइन आफ्ना छोरा छोरिले यो चिसो सिजनको बेला न्यानो कपडा ड्रेस पाएपछीअविभावकहरु पनि खुशी भएका छन अनुहारमा खुशि शरिरमा फुर्ती कोहि झोला हल्लाइ रहेका कोहिनङ्ग टोक्दै हासिरहेका कोहि एक अर्काको कपडा हातले सुम्सुमाइरहेका

    विजय माध्यामिक विधालय कालैमा अध्यनरत विधाथिहरुले यो जाडो सिजनमा न्यानो कपडा स्कुलकोड्रेस पाएपछी देखिएको दृश्य थियो यो

    केसिडिसि मुगु स्वास्थ्य,शिक्षा तथा सामुदायिक परियोजनाका परियोजना प्रवन्धक कृष्ण बोहोराकाअनुसार सोरु गाउपालिकाका छायानाथ रारा नगरपालिकाकाको विधालयमा अध्यनरत हजार ८५विधाथीलाई न्यानो कपडामा ट्र्याक सुट,ज्याकेट,टोपि ड्रेसमा सट ,पाइन्ट ,मेण्डि,जुत्ता मोजा दिइएको 

    चिसो मौषममा न्यानो कपडाको अभावले स्कुल ड्रेस नहुदा बालबालिकाको मनोबैज्ञानिक असर परेरअध्यापनमा असर नपरोस कपडा कै कारण विधालय शिक्षाबाट वन्चित हुन नपरोस भनेर न्यानो कपडा ड्रेस वितरण गरिएको केसिडिसी मुगुका  अध्यक्ष संगिता मल्ल शाहिले जानकारी गराउनुभयो

    अध्यक्ष शाहिका अनुसार व्याक टु लाइफको आथिक सहयोगमा सोरु गाउपालिका विजय मावी कालै४९१,मष्टा आधारभुत विधालय तलिकालै ८९, शिवदेव आवि खनाया १२८,श्री नेराआवि सिड्डि ५८,बालज्योतीआवि गिलाहा ५६,जनज्योती आवि रुम १३२,महादेव आवि आसिधारा २१ जना गरि जम्मा ९७५ जना छात्रछात्रा विधाथिलाइ ड्रेस न्यानो कपडा वितरण गरिएको भने छायानाथ रारा नगरपालिकाको नेपालराष्ट्रिय माध्यामिक विधालयका ११० जना विधाथिलाइ न्यानो कपडा छिट्टै दिइने

    कपडा मात्र होइन यी विधालयका विधाथी बालबालिकालाइ पटक पटक कापी,कलम,पेन्सिल झोला पनिदिइदै आएको जनाइएको

    न्यानो कपडा,ड्रेस स्टेशनरी पाउने थालेपछी विधार्थी नियमित हुने,पढाइमा ध्यान दिने गर्न थालेको विजयमावी कालैका प्रधानध्यापक वीर बहादुर बमले बताउनु भयो ग्रामिण भेगका बासिन्दाको आथिक अवस्थानाजुक सामान्य कपडा,कापी कलम सम्म किन्न सक्ने क्षमता छैन,आफ्ना छोरा छोरिलाइ कपडा,कापीकलम किन्न नसकेर स्कुल नपठाउने बिचैमा छोड्न लगाउने गर्थे कपडा स्टेसनरी सहयोगले कमजोरअविभावकको पिडामा मलम लागेको प्रअ बमले सहयोगी दातृ निकाय सस्थालाइ धन्यवाद दिदै सुनाउनुभयो

    दशै विदा पछि स्कुल खुल्यो स्कुल आउदा जाडो शुरु भैसकेको थियो सङ्ग बाख्लो लुगा थिएन पातला ड्रेस घरका कपडा थिए बाबा आमालाइ ज्याकेट,सुइटर किनिदिन भने तर बाबाले पैसा छैन पैसाभएको बेला गमगढी बजार गएर किनेर ल्याउला भन्नू हुन्थ्यो बाबासङै पैसा भएनछ महिना वित्दा पनि किन्नुभएन अब बाबालाइ सजिलो भयो सस्थाले ज्याकेट,ट्र्याक्सुट,टोपी दियो स्कुलमा कोठा भित्र दिन भरबस्दा चिसोले आङै काम्थ्यो कति खेर सर जालान घाम ताप्न बाहिर जाउला हुन्थ्यो अब तातो हुने भयोबाख्ला लुगा पाइहाल्यौ विजय मावी कालैमा कक्षा १० मा अध्ययनरत जेटकला कामिले भन्नुभयो

    नेपाल राष्ट्रिय आवि सिड्डिमा बालकक्षामा पढ्ने वर्षिया सुनपुरा रोकाया आफुले लगाएको ज्याकेट समाएरहल्लाउदै तातो भन्दै खुशी व्यक्त गर्नुहुन्छ

    व्याक टु लाइफ ले स्थानिय गैरसरकारी सस्थाको सहकार्यमा विगत लामो समय देखि मुगुमास्वास्थ्य,शिक्षा,पुनर्निर्माण,राहत,उपचार,क्षेत्रमा काम गर्दै आएको यसबाट गरिव,निमुखा,पिडित महिलाप्रत्यक्ष लाभान्नित हुँदै आएका छन

  • ६ पुष २०८०, शुक्रबार १५:२६ प्रकाशित

  • Nabintech