श्री रारा विजय सहकारी संस्थाकाे १५ औँ बार्षिक साधारण सभा सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँके\    बाँकेकाे बैजनाथमा रहेकाे श्री रारा विजयी बहुउदेश्य सहकारी संस्था लि.ले आफ्नो १५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

     बाँकेको बैजनाथ गाउँपालिका वडा नं.६ मा  संस्थाकी अध्यक्ष बसन्ती सिहं ठकुरीको अध्यक्षतामा १५ औँ साधारण सभा सम्पन्न गरिएको हो ।

    कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष  भुपाल पुनले देशको आर्थिक अर्थतन्त्र सहकारीले धानेको बताउँदै जवाफदेही रर सुशासनलाई समेत ध्यानमा राखेर सहकारीले आफ्ना गतिविधि गर्नु पर्ने बताए ।

    उनले आर्थिक रुपमा विपन्न परिवारहरुको जीवन स्तर उकास्नका निम्ति बचत गर्ने हुदाँ संस्थाले खराब कर्जाहरुमा ध्यान दिन आवश्यक रहेको समेत औल्याए ।  उनले सहकारीले स्थानीय सरकारसँग सहकार्य र समन्वय  गर्नु पर्ने समेत बताएका छन। त्यसै गरी कार्यक्रममा विशिष्ट अथिति  साना किसान सहकारी संस्था लुम्बिनी प्रदेश उपाध्यक्ष  एकता शाहले सहकारीहरुले आफ्नो नीति अनुरुप कार्य सम्पादन गर्न नसक्दा पछिल्लो समय सहकारीमा समस्या देखा परेको ओल्याइन।

    उनले सहकारीमा आवद्ध शेर सदस्य तथा बचत कर्ताहरुले उत्पादन र त्यसको बजारीकण गर्न आवश्यक रहेको समेत बताइन।

    श्री रारा बहुउदेश्य सहकारी संस्थाले हाल सम्म १ करोड  ५२ लाख  ४० हजार  ४ सय ६५ रुपैया लगानी गरेको छ । त्यसै गरी संस्थाको कूल शेर पुँजी ४० लाख ७५ हजार रहेको संस्थाका सचिव प्रकाश शाहले जानकारी गराएका छन।

    संस्थाको हाल सम्मको कूल नाफ भने ३२ हजार ६ सय ३८ रहेको छ भने कूल बचत ३ करोड २८ लाख ३४ हजार १ सय ५६ रहेको छ ।सहकारीको साधारण सभामा अथिति तथा पत्रकारहरुलाई  मायाको चिनो समेत उपलब्ध गराइएको थियो ।

  • ७ पुष २०८०, शनिबार १७:२५ प्रकाशित

  • Nabintech