नेशनल प्याब्सनको आयोजनामा प्रदेशस्तरीय छनौट सम्पन्न

  • नमस्ते कर्णाली

  • नेशनल प्याब्सन बाँकेको आयोजनामा प्रदेश स्तरीय छनौट ‐(वक्तृत्वकला र गायन ) प्रतियोगिता सम्पन्न भएको छ । कोहलपुर–५स्थित वेस्टर्न इंग्लिस मेडियम सेकेण्डरी स्कुल कोहलपुरमा प्रतियोगिता सम्पन्न भएको हो । कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वक्तृत्वकला प्रतियोगितामा नमुना विद्या सदनकी शोभना देवकोटा प्रथम, वइष्टन इंग्लिस मेडियम सेकेण्डरी स्कुलकी सरिना शाही र पञ्चमुखी इंग्लिस मेडियम स्कुलकी रिया कुँवरले तृतीय स्थान हासिल गरेकाे काेहलपुर एन‍.प्याब्सनका सचिव प्रकाश मल्लले जानकारी दिए ।
    यस्तै प्रदेश स्तरीय छनौट गायन प्रतियोगितामा कोहलपुर बागेश्वरी इंग्लिस मेडियम स्कुलका गे्रेस पहाडी प्रथम, पञ्चमुखी इंग्लिस मेडियम स्कुलकी अलिसा माझी द्धितीय र नमुना विद्या सदनकी स्वस्तिका चौधरीले तृतीय स्थान हासिल गरेको आयोजकले बताएको छ । शनिबार सम्पन्नै दुवै स्पर्धामा प्रथम र द्धितीय स्थान हासिल गरेका विद्यार्थीले यहीं पुष १४ गते लमहीमा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा जम्मा २८ विद्यालय सहभागी थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि इश्वरीप्रसाद विश्वकर्माले प्रदेश स्तरीय प्रतिष्पर्धामा पनि अब्बल भएर पुरस्कृत हुन शुभकामना प्रदान गरेका छन् ।

  • ७ पुष २०८०, शनिबार २२:४० प्रकाशित

  • Nabintech