हुम्लामा डोजरले निम्त्याएको डिजास्टर

  • नमस्ते कर्णाली

  • हुम्लामा डोजरले निम्त्याएको डिजास्टर

    –कालीबहादुर थापा
    पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटिएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँ बस्तीमा अहिले गाडि गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडेपनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाहीँ समान ओसारपसार गर्ने गरिरहन्छन् ।
    गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणीय प्रभाव मुल्यांकन नगरी आ–आफ्नो प्रचारका निम्ति आँखाको सोरले र डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इन्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रूपमा ठप्प हुन्छ । त्यतीबेला सडक ठप्प मात्र नभई बजारमा सामग्रीको अभावले बजार भाउ गरिबको ढाड सेक्ने गरी वृद्धि हुन्छ ।
    यस किसिमका सडक निमार्णले गाउँ, बस्ती मात्र नभई पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घर बास उजाडिदिएको छ । हुम्ला लगायत दुर्गमका थुप्रै गाउँ बस्तीहरू पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरू घर छोडेर टाढा खर्क पातमा जानुपर्ने अवस्था छ ।
    गाउँ–गाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पा¥यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा,पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर हिजो आज ती सम्पदा देख्न पाइन्छ की पाइँदैन ?


    विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्वपूर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । हामी पहिले भरियाको काम गर्ने समयमा बोकिने भारी बिसाउने ठाउँ छैन,भरिया,स्थानीयवासीले थकाइ मेटाउने चौतारा,बटुवाले बास बस्ने पाटी पौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको देखिन्छ ।
    वि.स. २०६७÷०६८ सालतिर साविकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन निरन्तर हिँड्नुपर्ने हुन्थ्यो त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरू थिए पाटी पौवाहरू थिए । अहिले तिनीहरू सबै हटेर गएको देखिन्छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाइ दियो ।


    त्यतिमात्र होइन हुम्लाको सदरमुकाम सिमिकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदापनि बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गे धारा र धर्मशाला भेटिन्थे । सडक निर्माणका क्रममा ती सबै पुरिएकाछन् । अहिले केही मात्रमा देखिएपनि पहिले जस्तो देखिँदैन । ती क्षेत्रको सौन्द्रय नै हराएको छ ।
    गाउँ–गाउँबाट एकैदिनमा सदरमुकाम जान आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटेल हुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली–१ का ६६ वर्षीय धनमाल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापानी बजार जाने र त्यहाँबाट ठेटुवा लगायतका लत्ताकपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एकदिन लाग्ने गरेपनि पछि पक्की सडक भए थोरै घण्टामै आउन सकिने भएको उनको भनाइ छ ।
    गाउँमा कुनैपनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी भएको उनी बताउँछन् । गाउँमा सडक आएपछि धेरै सहज भएपनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको पाइएको छ ।
    मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको छ । गाउँ–गाउँमा सडक आएपनि नागरिकले चाहेको बेला चढ्न नपाउनाले सुविधा नभएको अर्का स्थानीय प्रदीप महताराले बताएका छन् । ‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरूले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौतारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ उनी भन्छन्,‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँ कतै भेटिँदैनन्, उति बेला हामीहरूले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटी पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्यो, हिँडेरै पुग्नुप¥थ्यो । बास बस्नका लागि होटेल हुँदैनथ्यो, त्यही पाटी पौवामा बस्नुप¥थ्यो । अहिले त होटेल बने, विकास भएपनि मौलिक सम्पदाको संरक्षण गर्नुप¥थ्यो।’ अदानचुुली–१ का रुपचन्द्र थापाले भने बाटो बाटोमा बर पिपल रोपेर चौतारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर बर पिपल लगाउने गर्दथे र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँचनै नभएको उनको भनाइ छ ।
    बाटोघाटोमा पुराना कलात्मक र ऐतिहासिक ढुङ्गाहरू बनाउने प्रचलन थियो र राखिएका पनि थिए तर अहिले सडक काट्दा खेरी तिनीहरूलाई संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।
    उनी भन्छन्, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर घरमा सडक चाहियो, धारा चाहियो, सबै थोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनास गर्ने परिपाटी भयो, बरपिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्म कर्म मान्न छोडे, विकासका नाममा सबै विनास गर्न थाले, हामीहरूले बटुवाका लागि पानी खान कुवा संरक्षण ग¥यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै भत्काई दिए ।’
    आधुनिकतालाई अँगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्धन र संरक्षण आवश्यक रहेको भए पनि अहिलेका नयाँ स्थानीय सरकारले त्यस्ता परम्परागत कुराहरूको प्रवर्धन संहार गर्ने ध्यान नदिएको हरेक गाउँ गाउँका स्थानीय नागरिकहरूको गुनासो छ ।
    उनीहरूले आफ्नो नामको लागि भए पनि हरेक गाउँ गाउँमा प्रााविधिक स्टमेटबिनै सडक काट्ने तर त्यहाँ भएका प्राकृतिक,धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको संरक्षणमा ध्यान नदिने,गरिब पीडितहरूको जग्गा जमिनको ध्यान नदिने,यसले पछि पार्ने नकारात्मक प्रभावहरूको मूल्यांकन नगरी मनपरी तरीकाले सडक काटेपछि अहिले हरेक गाउँबस्तीहरु मरुभूमि बन्न थालेका छन् । स्थानीय सरकारले गाउँमा अन्य विकास जस्तै वातावरणीय प्रभाव मूल्यांकन बिनै डोजरहरूले खनिएका सडकहरूले पछिल्लो समय डिजास्टरमा परिणत हुन थालेका छन् । अहिले हामी जता हेर्दा पनि पहिरो र भूक्षय मात्र गएको देखिन्छ जताततै बाटी र पहिरोबाट यती मरे यती घाइते भए भन्ने खबर मात्र सुनिन्छ यसको मुख्य कारण हो अनियन्त्रित तरीकाले सडक निमार्ण गर्नु प्रबिधिक स्टमेटलाई भन्दा आँखाको सोरले आ आफ्नो नामको लागि तथा चुनावमा मत बटुल्नको लागि बनाइने सडकले विकास होईन बिनास बनाएको देखिन्छ । त्यस कारण यसलाई रोक्नको लागि समयमै ख्याल गरी सडक निमार्ण गर्न जरुरी छ ।

  • ८ पुष २०८०, आईतवार ११:४६ प्रकाशित

  • Nabintech