हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

  • उमेश रोकाया

  • बाजुरा । जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

    गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य सेवा लिनु पर्ने बाध्यता थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै गुम्बाबासीलाई स्वास्थ्य सेवामा सहज हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिएका छन् । हिमाली गाउँपालिकासँग संघीय संरचना पछि २ वटा रुगिन र बिच्छ्या स्वास्थ्य चौकी मात्रै थिए । ६ वर्षको अवधीमा हाल ११ वटा स्वास्थ्य संस्था थपेर १३ वटा पुगेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

    गुम्बा गाउँबाट अर्को गाउँ पुग्नै एकदिन लाग्ने, भौगोलिक विकटता र सडक बाटो नै नभएकोले गाउँ विच्छ्याँ नै स्वास्थ्य संस्था आवश्यक भएकाले पालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन् । गाउँमा आधारभुत स्वास्थ्य सेवा नभएका कारण उनीहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउनु परेको प्रशासकीय अधिकृत गाउँपालिका अध्यक्ष मल्लले बताए ।

    हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँमा सिंगो जनजाति बस्ती मात्रै बसोबास गर्ने गरेको छ । पशुपालन र जडीबुटी खेतीबाटै उनीहरुले जीवन निर्वाह गर्ने गरेका छन् । २५ बढीको परिवार संख्यामा बसोबास रहेको गाउँका केही भेडा सहीत हिउँदमा बेसी झरेपछि बालबालिका र वृद्धवृद्धा गाउँमै बस्ने गरेका छन् । हिउँदका चार महिनासम्म अत्याधिक चिसो हुने र हिउँले एक गाउँबाट अर्को गाउँमा जान समेत समस्या हुने गरेको छ । आधारभुत सेवा सञ्चालनसँगै महिला बालबालिकाका लागि सहज हुने गाउँपालिकाले जनाएको छ ।

    गाउँमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनसँगै औषधी सहीत स्वास्थ्य कर्मी समेत पठाइएको गाउँपालिकाले बताएको छ । १ जना अनमी, १ जना अहेब र १ जना कार्यालय सहयोगीले काम गर्ने गरि कर्मचारी व्यवस्थापन गरिएको छ । मतदानका लागि समेत बास बस्नुपर्ने र सामान्य उपचारका लागि समेत बास बस्नुपर्ने बाध्यता आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै हटेकोमा स्थानीय खुसी भएका छन् ।

    लामो प्रयास पछि गाउँपालिका सफल भएको अध्यक्ष मल्लले बताएका छन् । गाउँमै सुरक्षित प्रसुती सेवा पनि सञ्चालन हुने भएको छ । हालसम्म गाउँका अधिकांशले घरमै बच्चा जन्माउनु पर्ने बाध्यता थियो । हिमाली जिल्लाकै विकट र भौगोलिक रुपमा दुर्गम पालिका हो । भने विच्छ्याँ क्षेत्रको गुम्बा गाउँ झनै सर्वाधिक विकट मानिन्छ ।

  • १८ पुष २०८०, बुधबार ११:१८ प्रकाशित

  • Nabintech