बाजुराको कुवाडी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा

  • उमेश रोकाया

  • बाजुरा । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडीमा टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा जोडिएको छ्न।

    पौष महिनाको १७ गतेबाट ताजाकोट गाउँपालिकाले निर्माण गरेको टेलिफोन टावर मंगलवार सञ्चालनमा आएपछि हुम्ला जिल्ला सहित बाजुरा र मुगु जिल्लाका ठाउँका स्थानीय टेलिफोनमा जोडिएका छ्न। टेलिफोनबाट बन्चित भएका हिमाली गाउँपालिकाको दोस्रो बजार कुवाडीमा वर्षौंदेखि फोन सेवा बन्द भएको बजारमा फोन सुविधा सहित 4G को ईन्टरनेट सेवा सुबिधा पाएको स्थानीय अमलाल कार्कीले बताएका छ्न।

    फोन सेवा बाट बन्द अवस्था रहेको कुवाडी बजार अहिले ईन्टरनेट समेत चल्न थालेको छ। पहिला फोन गर्न पसल तथा घरको अगाडि मोबाईल झुन्डिएर वा बजार आसपासमा गएर फोन गर्नुपर्ने बाध्यता रहेको थियो। हिजोआज घर भित्रबाट फोन मात्र होइन ईन्टरनेट पहुँचमा रहेको छ। अब हरेक काम देखि सूचना आदानप्रदान गर्न सजिलोसँग गर्नसकिने भएको छ। बजार वासी फोन सहित ईन्टरनेट चलाउन धेरै सहज भएको स्थानीय बजार वासीको भनाइ रहेको छ।

    कुवाडी बजारमा विगत लामो समय देखि टेलिफोनको मुख्य समस्या रहेको थियो। भखरै बाजुरा जिल्ला नजिकै जोडिएको हुम्ला जिल्ला ताजाकोट गाउँपालिकाले टावर छोडेपछि कुवाडी बजारमा फोन गर्न र ईन्टरनेट चल्न सुरु भएको छ। विगत समय देखि टेलीफोन गर्न बजार क्षेत्रको आसपास अग्लो ठाउँमा गएर आफ्ना आफन्त सङ कुराकानी गरेको थियौं। अहिले बजार बाट विभिन्न सामाजिक संजाल मार्फत 4G चालु भएपछि घरबाट नेटवर्क सुविधा पाइयो भनेर हाल्ने गरेको राज मलाले बताएका छन।

    हिमाली गाउँपालिका वडा नम्बर ५ को विशेषगरी कुवाडी बजार टेलिफोन सहित ईन्टरनेट तिव्र चल्न थालेको छ। त्यति मात्र नभएर सोही वडाको रुगिन, नदपाटा र बिछ्या गाउँमा फोर्जी चलेको छ।कियुडी मात्र बाकी रहेर अरु वडा भित्र स्थानीय बासिन्दा ईन्टरनेट पहुँचमा रहेकोे हुँदा सबै खुशी भएका छन। आजभोलि गाउँ घरबाट फोन गर्न पहिलै भएपनि फोर्जी नेट सुविधामा रहेकोे स्थानीय मलालले बताए।

    कुवाडी बजार फोन सहित नेट चल्न सुरु गरेपछि आफ्ना सङ कुराकानी गर्न सहज भएको स्थानीय गौरी कार्कीले बताए। अहिले फोन मात्र होइन फोर्जी सेवा सुरु हुँदा बजार बाट विभिन्न सामाजिक संजालमा पोष्ट गर्ने गरेका छन। कुनै अर्जेन्ट फोन गर्नु पर्‍यो भने सहज तरिकाले फोनबाट कामकाज भैरहेको छ। अब फोन कुराकानी भन्दा पनि ईन्टरनेट सुविधा पाएपछि नेट गर्न सकिने काम लगायत इमेल र ईन्टरनेट बाट हुने कार्य पहिला जस्तो समस्या भोग्नुपर्ने बाध्यता हटेको स्थानीय कार्किको भनाइ रहेकोे छ। बजार बासी लगायत गाउँका सर्वसाधारण नेट चलाउन पाउदा सबै खुशी व्यक्त गरेको छ्न।

  • १८ पुष २०८०, बुधबार १२:१७ प्रकाशित

  • Nabintech