कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको कोल्टी देखि धुलाचौर जिप भाडा मनोमानी व्यवसायी असुली गर्ने गरेको यात्रुको गुनासो गरेका छन।

    जिल्ला प्रशासन बाजुरा ग्राभेल सडकहरुमा प्रति किलोमीटर १५ रुपैयाँका दरले २ सय ५५ रुपैयाँ भाडा कायम गरेपनि कोल्टी देखि धुलाचौर सडक चल्ने जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले गाडी भाडा लिने गरेको पाइन्छ। जुन कोल्टी देखि धुलाचौर सम्मको दुरी १७ किलोमीटरमा जिल्ला प्रशासन भाडा कायम गरेपनि कोल्टी बाट धुलाचौर सम्मको गाडी भाडा भने यात्रुलाई ५ सय रुपैयाँ गाडी भाडा दर लगाएर लिने गरेको देखिन्छ।

    जिप व्यवसायी गाडी भाडा यात्रुहरुलाई आ-आफ्नो तरिकाले भाडा असुली गरेको छ। गाडी भाडा मनोमानी रूपमा तरिकाले पैसा लिएको हुँदा यात्रुहरू अहिले मारमा परेका छन। विगत लामो समय देखि अहिलेसम्म जिप भाडा दर नियम विपरीत भाडा लिने गरिरहेका छ्न। अहिले जस्तोसुकै व्यक्ति देखि सर्वसाधारण मान्छेलाई जिल्ला प्रशासन तोकेको भन्दा दोब्बर भाडा लिने गरेको यात्रु लक्ष्मी रोकायाले बताए।

    हामी जस्ता कैयौंपटक गाडी भाडा दर जिप व्यवसायीहरुले यात्रुलाई आफ्नो ढंगले भाडा असुली गर्दा कैयौं यात्रु मारमा परिरहेका छ्न। अझ त्यति मात्र नभएर अंधिकास सडक क्षेत्रमा पर्ने गाडी भाडा दर नियम विपरीत रूपमा जिप भाडा मागेर तिर्ने गरेको छ। गाडी भाडा दर नियम अनुसार जिप भाडा लिने गरियो भने यात्रु मारमा नपर्ने रहेकोे यात्रुको भनाइ रहेको छ।

    धुलाचौर देखि कुवाडी सम्मको १२ किलोमीटर दुरीमा एक जना यात्रुलाई ४ सयका दरले जिप भाडा यात्रुबाट लिने गरेका छ्न। लामो समय देखि हालसम्म गाडी भाडा नियम विपरीत भाडा जिप व्यवसायीहरुले आफ्नो तरिकाले भाडा माग्ने गरेको यात्रुहरूको ठुलो गुनासो सुनाएका छन। यति मात्र नभएर सडक क्षेत्र भित्र विभिन्न ठाउँमा गाडी भाडा यात्रुलाई तोकेको भाडा दर भन्दा आफ्नो इच्छाले गाडी भाडा मनोमानी गरेर जिप भाडा रकम असुली गर्ने गरेको यात्रु मनसुर सुनारले बताएका छन।

    कोल्टी देखि धुलाचौर जिप व्यवसायीले गाडी भाडा मनोमानी तरिकाले असुली गर्ने गरेका छन। जिल्ला प्रशासन कार्यालय बुझ्दा यात्रुले आफू चडेने गाडीको नम्बर जिल्ला प्रहरी कार्यालय खबर गर्‍यो भने ठाउँको ठाउँ कारबाही गर्न सकिने जिल्ला प्रशासन कार्यालय मार्तडी बाजुराले जनाएको छ।

  • १८ पुष २०८०, बुधबार १२:५८ प्रकाशित

  • Nabintech