कोहलपुर उद्योग वाणिज्य संघले मनायो रजत जयन्ती र १०औँ साधारण सभा (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर उद्योग वाणिज्य संघले २५औँ रजत जयन्ती तथा १०औँ साधारण सभा मनाएको छ । शुक्रबार एक औपचारिक समारोहका बीच २५औँ रजत जयन्ती तथा १०औँ साधारण सभा भव्य रुपमा मनाएको हो । साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले गरेका थिए ।

    साधारण सभामा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निजी क्षेत्र अहिले समस्याग्रस्त अवस्थामा रहेको बताए ।
    उनका अनुसार कोभिड तथा आर्थिक मन्दीका कारण निजी क्षेत्रमा समस्या देखा परेको छ ।

    तर, ती समस्या समाधानका लागि महासंघले देशका उद्योग वाणिज्य संघहरुसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको उनले बताए । ‘कोहलपुर उद्योग वाणिज्य संघको साधारण सभा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु, तपाईहरुको सक्रियता लोभलाग्दो छ,’ उनले भने, ‘आगामी दिनमा पनि सक्रिय रुपमा अघि बढ्नु होला । महासंघ तपाईंहरुको साथमा छ ।’उक्त अवसरमा बोल्दै उपाध्यक्ष बैद्यले अहिलेको आवश्यकता व्यवसायीहरुको एकता रहेको बताए ।

     

    उनका अनुसार कोहलपुर उद्योग वाणिज्य संघ मोफसलमा सबैभन्दा बढी सक्रिय रुपमा रहेको छ । साधारण सभामा स्वागत मन्तव्य राख्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले आफूहरु सधै व्यवसायीहरुको पक्षमा रहेको बताए । व्यवसायीहरुको हकहितका लागि आफूहरु लागिपरेको उनको भनाइ छ । कोहलपुर उद्योग वाणिज्य संघको अगुवालाईमा धेरै राम्रा काम भएको अध्यक्ष पौडेलको भनाइ छ ।

    बैंकहरुको चर्को ब्याजदरविरुद्ध आफूहरुले गरेको आन्दोलन कै कारण अहिले १३ प्रतिशतमा झरेको र साना व्यवसायीहरुले राहत प्राप्त गरेको उनले बताए ।

             

    ‘हामीले कोभिडको बेला व्यवसायीको लागि काम गरेका थियौ । राहत अभियान सञ्चालन गरेका थियौ । निःशुल्क एम्बुलेन्ससमेत सञ्चालन गरेउ,’ उनले भने, ‘हामी सधै व्यवसाय प्रवद्र्धन र संरक्षणको अभियानमा छौं । संघलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौं ।’साधारण सभामा विभिन्न सरोकारवालाहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाको अवसरमा कोहलपुर उद्योग वाणिज्य संघको प्रशासनिक भवन निर्माणका लागि सहयोग गरेका विभिन्न १२ जना व्यवसायीहरुलाई सम्मान गरिएको हो ।

        

  • २१ पुष २०८०, शनिबार ०७:४२ प्रकाशित

  • Nabintech