बदलिदो नेपाली समाज व्यवस्था र संस्कृतिको सिंहावलोकन

  • कविदत्त ढकाल

  • नेपाल विविधतामा एकता भएको देश हो । यसले कसिलो इतिहास बोकेको छ । मानव विकाससँगै चलनचल्तीमा समाजिक कार्य जे गरिदैँ आयो । ती सबै सामाजिक व्यवस्थाका आधार मानिदै आए । तिनी अहिले समाज व्यवस्थामा निर्धारक बनेका छन् । वास्तविक सामाजिक व्यवस्थाको मियो र सँस्कृतिको आधार बनेर आएको छ । जुन मौलिक र लोकसँग सम्बन्धित भएर विकास र विस्तार पाउँदै अघि बढेको सामाजिक  व्यवस्था आजसम्म आइपुगेको छ । यसले दीर्घजीवनको कल्पना गरेको  छ । समाजको सहीँ रुपान्तरण र विकासमा निरन्तर नैतिक आस्था फैलाउँदै असल लोकपरिपाटी मिलाउने देखिन्छ  । जुन सामाजिक व्यवस्था र सँस्कृति इतिहासमा सिर्जना भएको भए मात्रै  नयाँपनको आभास हुन्छ ।  समाजिक र सँस्कृति पुस्तक हुन् । यिनीहरु समाजको र सभ्यताको पुस्तकालयमा बस्दछन् । जसले गहिरो अध्ययन गर्दछ उसले व्यवहारिक जीवन प्राप्ति गर्दछ । सुनौलो ज्ञान खोज्न टाढा चहार्दै जानू कुनै बाध्यकारी अवस्था आउने छैन । कल्पनाको भूमरीमा परेर बिलाउनु पर्दैन । सरल जीवन र जगतमा प्रष्ट हेर्न सक्ने शक्ति प्राप्त गर्न सकिन्छ ।  सत्य र तथ्य ज्ञान  यहीँबाट पाउन सकिन्छ । दिनानुदिन फराकिलो दायरा बनाएर सिंगो ज्ञानरुपी मानव तयार गर्नेछन् । कुनै कारणवश समाज र सँस्कृति भन्दा बाहिर गयो भने मानवीय हरण भएर पशुतुल्य हुनेकुरा प्रष्ट देखिन्छ । धर्म ,कर्म र आस्था बराबर हिसाबले लिन जानियो भने सदाचारी भावनाको विकास हुन्छ । जीवनका हरेक चरणहरु सहज बन्दै जान्छन् । सबैबाट स्वीकारोक्ति प्राप्त हुने गर्दछ । भगवान अरु हँुदैनन् । सबै मानिसबाट सदव्यवहारको स्वीकारोक्ति पाउँछन् । तिनीहरु नै भगवान  हुने गर्दछन् । सीप र कलाले समाजको रुपान्तरण गर्न सक्छ  । त्यो वैज्ञानिक भगवान बन्न सक्छ । जो सिर्जना गरेर कालजयी बन्दछ, त्यो भगवान् हो । असल बाटोको खोजी अमर जीवनको तात्पर्य हो । सरल व्यवहार समाजिक सहकार्यमा प्रदर्शन गर्नु दीर्घकालीन जीवन्तता पाउनु हो । दीनहिन अवस्था सकिएर उज्ज्वल भविष्यको कामना तयार हुने गर्दछ । आज आएर समाज नयाँ सामाजिक व्यवस्था र सँस्कृति आमन्त्रण हुँदै छ । पुराना सँस्कारले साथ पाउन छाडेका छन् । नयाँ संस्कार भनेर कस्ता संस्कार र पुराना संस्कार भनेर कस्ता संस्कारलाइ मान्ने भन्ने कुरामा यहाँ प्रश्न उठछ । पूर्वीय परम्पराबाट भित्रिएका र मौलिक संस्कारहरुलाई परम्परागत संस्कारभित्र राखिएको पाइन्छ । यो संस्कार मानव विकाससँगै भएको देखिन्छ । दिनानुदिन यिनको जर्गेना गर्नुपर्ने देखिन्छ । यिनै संस्कारसँग हाम्रो नजिकैको सम्बन्ध पनि छ । विवाह, चाडपर्व, मेलापर्व, चुडाकर्म, दन्त्यकला, वर्तवन्ध , दान,  चौरासी पूजा,मागल,छैठी,न्वारान आदि संस्कार परम्परागत लोकमानसका क्रमिकता हुन् । सोरठी, जटजटेनी, भाटकुटी नृत्य, घाटु, तरवारनाच,मयूर नृत्य,ढालनृत्य,चण्डी नाच,धान नाच आदिपनि परम्पराका प्रतिनिधि संस्कार हुन् । देउडा,सालैजो,कौडा ,गाइने गीत ,मालसिरी,रोइला आदि गाएनका परम्परागत मौलिकता हुन् । दौरासुरुवाल,भादगाउँले टोपी, गुन्यू, चोला ,कछाड आदि पहिरहन परम्परा र संस्कृतिका आधार हुन् । मानवीय गाउँले संस्कार ,भातृत्व र भगिनित्व जातीय सस्कार,भावनमा एकता लैङ्गिक संस्कार,चिरञ्जीवी नाता सम्बन्धि संस्कार आदि परम्परागत संस्कार हुन् । यिनै सस्कारले पूर्वीय र परम्परागत सस्कारको बिडो थामेका छन् । यिनमा आन्तरिक समाज व्यवस्थाको नियम घुलमिल भएर रहेको छ । समाज त्यसको सेरोफेरोमा छ । यसमा नेपालीपन छ । नेपाली मन छ । नेपाली धन छ । सिङ्गो व्यवस्था अटेको छ । खुसी र हर्ष उल्लास छाएको छ । अर्को संस्कार हो । पश्चिमेली यो संस्कार,यो नेपाली जगतमा नयाँ हो । यसमा नेपाली मौलिक संस्कार धेरै टाढा राखेर पश्चिमेली संस्कार विकसित गराएको छ ।  यी संस्कारमा हरेक क्षेत्रमा खुलापन ,विभञ्जन आदि जस्ता विशेषता भित्रिएका छन् । नाचमा र्याप नाच, र्याप गान आदि गान र नाचका क्षेत्रमा देखिएका नयाँपन हो । यसमा के मंगल के अमंगल थाहा छैन । के अर्थ के अनर्थ थाहै छैन । कपडा लगाउदा नाङ्गो शरीर हुने गरेको देखिन्छ । न शरिरको सुरक्षा छ न शरिरको अंगको महत्व राखिएको छ । विछिन्नताको अवस्था देखिन्छ । नियन्त्रण र व्यवस्थापनमा अडिएको  छैन । तामझाममा उश्रृङखल छ । भेलाइनटाइडे ,वर्थडे ,स्वागत डे आदि कुराले नयाँ सस्कार भित्र्याएको छ । यसले समाजमा नयाँपन थपेको छ । सदुपयोग र सुव्यवस्था खोजेको पनि देखिन्छ । मानवीय एकताको खोजिगरेको छ । सम्बन्ध विस्तारमा दिगोपन रोजेको छ । मास्लोले मानिसको आवश्यकतालाई पाँच चरणमा जोड दिएका छन ः शारीरिक आवश्यकता,सुरक्षाको आवश्यकता, सामाजिक आवश्यकता , आत्मसम्मानको आवश्यकता र आत्मसन्तुष्टिको आवश्यकता । यी आवश्यकता पूर्ति गर्न कालजयी कानुन निर्माण गरेर कार्यनयन गर्न सामाजिक क्षेत्रमा व्यवहारिक पक्ष अपनाउनुपर्ने छ । शारीरिक आवश्यकताले शरीर सम्बन्धि आवश्यक कुरामा खोजी गर्दछ । सुरक्षाले अप्ठ्यारो महसुस गर्न दिदैन । समाजले मेलमिलापको भावना र जीवन जिउने मार्ग तयार गर्दछ । आत्मसम्मानले व्यक्तित्व र स्वपहिचान विकास गर्दछ । आत्मसन्तुष्टिले इच्छा ,चाहना र भावनामा सर्वोतम् विकास गराउँछ । यी चरणहरु क्रमशः पालना गर्नु आजको नेपाली समाजमा आवश्यक छ । अपमान, विभेदकारी, चाकडी खोजी, शुखभोगी, दानवभेषी आदि विषय समाजका कलङ्क हुन । यिनिहरु समाज र सँस्कृति नियन्त्रण भन्दा वितन्डा मच्चाउने देखिन्छ । कसैले यस्ता पक्ष पनि अगालेका पनि छन । मात्रै तीस प्रतिशत केही फरक सामाजिक धारमा लागे केही समयमा सच्याउन सकिन्छ । ठूलो जत्था नै फरक धारमा लागे राष्ट्र विखण्डन गर्न सक्नेछन् । सामाजिक अध्ययन गरेर तुरुन्तै उपचारको व्यवस्था गर्नु पर्ने आजको आवश्यकता हो । समाज स्वचालित व्यवस्था हो । यसको नियन्त्रण सस्कृतिले गरेको हुन्छ । सकरात्मक संस्कृतिको सुरक्षा र सम्वद्र्धनले विकसात्मक समाज अगाडि बढाउँछ । यसमा प्रमुख विषय रहेको हुन्छ शिक्षाको । आधुनिक शिक्षाले सीप, दक्षता, कला, एकता खोजेको छ । लगतार काम पाइयोस् । जीवन जीउन पुग्ने खाना पाइयोस् । आधारभूत आवश्यकता  सरल तरिकाले समधान हुन् । गरेर खाने । जतासुकै गएपनि बिक्ने जनशक्ति आजको शिक्षाको आवश्यकता हो । बहुसामाजिक अर्थव्यवस्थालाई स्वीकार गरेर गरिखाने वर्ग प्रति लक्षित गरेर शिक्षाको विकास गर्नुपर्ने देखिन्छ । अहिलेको शिक्षा हुँदा खादा व्यक्तिको सम्बोधन गर्ने खालको छ । यसले समाजमा वर्गीय खाडल तयार पारेको छ । वर्गहरु फैलिएका छन । झन समाजमा जटिलता थपेको छ । सम्पूणर् सामाजिक अवस्थाको अध्ययन गरेर सार्वजनिक शिक्षाको एकरुपता गर्नुपर्ने छ । निजी शिक्षाको आवश्यक अध्यायन गरेर तुरुन्तै सार्वजनिक गुठीमा परिणत गर्नुपर्ने देखिन्छ । यसरी यिनै विषयले प्रथामिकता पाए भने समाज र संस्कृति हराउने छैन । पूर्वीय र पाश्चात्य संस्कृतिको सकरात्मक सम्योजन गरेर नेपाली मौलिकपनको दिगो विकासमा जोड दिनुपर्ने छ । लोकबाट प्रचलित शुष्क रहेका संस्कृति राष्ट्रिय पहिचानमा ल्याउनुपर्ने छ । हरेक मौलिक गाथाहरुको स्रोत खोजि गरेर लिपिबद्ध गर्नुपर्ने छ । विदेशी भूमि गएर बसेपनि नेपाली माया आफ्नो संस्कार र संस्कृतिले तानेर आफ्नै भूमि ल्याउने छ ।

  • ३ माघ २०८०, बुधबार ११:२४ प्रकाशित

  • Nabintech