हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा उद्घाटन

  • नमस्ते कर्णाली

  • स्वास्थ्य, शिक्षा,कृषि जडिवुटी, पर्यटन, जलस्रोत र पूर्वाधार औद्योगिकरण, सुशासन र गरिवी निवारण समृद्ध हिमालीको आधार भन्ने मुल नारा सहित बाजुराको हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा आज देखि शुरु भएको छ ।

    सो गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन गर्नु भएको छ ।

     

    भोलि सम्म चल्ने गाउँ सभामा बजेट अर्धबार्षिक समीक्षा र २०८० र ८१ को बजेट संशोधन प्रस्तावमा छलफल गरिने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राज बहादर भण्डारीले जानकारी दिनु भयो ।।

    कार्य स्थलमा हुने यौन जन्य दुर्वब्यबहार निवारण आचार संहिता २०८० , बिविध कार्यबिधि प्रस्तुत हुने एजेण्डा रहेको साथै विविध कार्यबिधि पास हुने गाउँपालिकाले जानकारी दिएको छ ।
    गाउँ सभा कार्यक्रममा उपाध्यक्ष राजकला सार्की , सात वटै वडा अध्यक्ष,गाउँपालिका सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।आज समय अभावका कारण स्थगित गरिएकाे कार्यक्रम भाेली बिहान पुन ८ बजे सुरु हुने गाउँपालिकाले जानकारि दिएकाे छ ।

  • ४ माघ २०८०, बिहीबार २२:१२ प्रकाशित

  • Nabintech