हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा :आचार संहिता र कार्यविधिसहित महत्वपूर्ण निर्णय पारित

  • नमस्ते कर्णाली

  • बाजुरा : बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ‐निवारण) आचार संहिता २०८० स्वीकृत गरेको छ । माघ ४ र ५ गतेसम्म चलेको १३औंँ सभाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार
    ‐निवारण) ऐन २०७१ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी गाउँपालिकाले आचार संहिता प्रयोग गरी लागू गरेको हो । आचार संहितामा चार परिच्छेद रहेका छन् । पहिलो परिच्छेदमा आचार संहिताको परिचय,  परिच्छेद २ मा कार्यालय प्रमुखको आचरण ३ मा कर्मचारीले पालना गर्नुपर्ने आचारण, ४ मा सेवाग्राहीले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । यस्तै गाउँपालिकामा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि तयार गर्ने र मदिरालाई राजस्वको दायरामा ल्याउने निर्णय पारित गरिएको हो । यसैगरी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सार्र्वजनिक ऐलानी जग्गामा बसोबास गर्ने नागरिकलाई करको दायरामा ल्याउने निर्णय पारित गरेको छ ।

    ‘स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगीकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार’ भन्ने नाराका साथ बिहीबारदेखि सुरु भएको १३औँ गाउँसभाबाट गाउँपालिकाले महत्वपूर्ण निर्णयहरुसमेत पारित गरेको छ । शुक्रबार सभामा आचारसंहिता र मदिरा नियन्त्रण र व्यवस्थापन कार्यविधिका विषयमा सभाका सदस्यहरुले महत्वपूर्ण राय व्यक्त गरेका थिए । सदस्यहरुका रायसुझावसहित आचारसंहिता र कार्यविधि बहुमतले पारित भएको सभाका अध्यक्ष एंव गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए । आचारसंहिता लागूसँगै अब पालिकामा कुनैपनि यौनजन्य दुव्र्यवहार गर्न पाइनेछैन ।

    आचारसंहिता विपरित कार्य गर्नेलाई कानुन अनुसार कारबाही हुनेछ । आर्थिक वर्ष २०८०÷०८१ को हिउँदे गाउँ सभा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । सोही अनुसार गाउँपालिका कार्यालय शाखा अन्तरका स्वास्थ, कृषि, शिक्षा, रोजगार, पञ्जिकरण, पशु, प्राविधिक तथा आर्थिक शाखा अन्तरका अहिलेसम्म गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । गाउँपालिकाको अर्धवार्षिक समीक्षा बारेमा पनि छलफल गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए । उनका अनुसार हिमाली गाउँपालिकामा विगतको भन्दा राम्रो कार्य सम्पादन भएको पाइएको छ ।

    आगामी दिनमा अझै शसक्त रुपमा जनताका सेवामा कटिबद्ध बन्न सम्पूर्ण शाखाहरुलाई निर्देशनसमेत दिइएको छ । सभामा स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि व्यापक छलफल गरिएको थियो । वडाबाट पाउने सूचना तथा सेवा कतिको कामकाज भएको र गाउँपालिकाले स्थानीयहरुलाई दिने सेवा विषयमा जनप्रतिनिधिबीच गाउँ सभामा छलफल तथा बहस गरिएको भण्डारीले बताए ।

    पालिका भित्रका सरकारी कार्यालयमार्फत प्रतिफल आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइएको छ गाउँपालिका समन्वय गरी गैरसरकारी संस्थाको काम वडा जनप्रतिनिधिहरुले नजिकैबाट हेरफेर गर्न पनि सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरेको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन । जनमैत्री गाउँपालिका बनाउनको लागि सबैको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइएको छ ।

     

  • ५ माघ २०८०, शुक्रबार १९:१५ प्रकाशित

  • Nabintech