प्रथम बैजनाथ महोत्सवको लोगो सार्वजनिक

  • नमस्ते कर्णाली

  • कोहलपुर : प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सवको लोगो सार्वजनिक गरिएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्सवको लोगो सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको लोगो विधिधतायुक्त छ । लोगोमा बैजनाथ गाउँपालिकालाई चिनाउने विभिन्न स्थलहरु समेटिएका छन् ।

    लोगोमा गाभर भ्याली होमस्टे, मान सरोवर बोटानिकल गार्डेन, कन्वा ताल, पालिकाको प्रशासकीय भवन, कृषि क्षेत्रको प्रवद्र्धन झल्किने धान र गहुँको बाला र ट्याक्टरका साथै उद्योग, हात्तीदेखि बाघसम्म लोगोमा समेटिएका छन् । यस्तै थारु संस्कृति झल्कने परम्परागत पोसाकमा ढकिया बोकेकी थारु समुदायकी युवतीसमेत लोगोमा अटाएकी छन् । वडा नम्बर ६ मा रहेको निर्माणाधिन मान सरोवर बोटानिकल गार्डेन यहाँको पर्यटकीय गन्तव्य हो । यस्तै वडा नम्बर ३ मा रहेका कन्वा तालपनि बैजनाथको पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । वडा नम्बर १ मा रहेका गाँभर भ्याली बाँके जिल्लाकै प्रमुख पर्यटकीय स्थल हो ।

    गाभर भ्याली होमस्टेका रुपमा राष्ट्रिय स्तरमा परिचित छ । यसैगरी बैजनाथमा थारु संस्कृतिसमेत विविधता युक्त रहेको छ । महोत्सव सहयोगी बन्ने विश्वास आयोजकले लिएको छ । महोत्सवको प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माले लोगोमा सिंगो बैजनाथ झल्काउने प्रयास गरिएको बताए । उनका अनुसार लोगो विविधतायुक्त छ । महोत्सव आगामी माघ १० गतेदेखि बैजनाथ ५ मा रहेको कोहलपुर न्यु सिटीमा हुँदैछ ।

  • ६ माघ २०८०, शनिबार १३:०४ प्रकाशित

  • Nabintech