बैजनाथमा सात वर्षीय बालिकामाथि करणी

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा एक जना सात वर्षीया बालिका बलात्कृत भएकी छन् । वडा नम्बर ६ की ती बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उक्त घटना पुस २५ गतेको हो । घर भएको करिब दुई सातापछि बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपि सुन्दर तिवारीले २५ गते भएको घटनाका सन्दर्भमा अभिभावकले तीनदिन अघि जाहेरी दिएपछि आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय प्रेमबहादुर रावत रहेका छन् ।

    उनलाई अभिभावकको जाहेरीपछि पक्राउ गरिएको उनले बताए । उनको स्वास्थ्यसमेत परिक्षण गरिएको छ । ‘घटना पुस २५ मा भएको रहेछ । तीनदिनअघि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिनुभयो । जाहेरीपछि आरोपी पक्राउ गरिएको छ । अहिले अनुसन्धान भइरहेको छ ,’उनले भने । आरोपी रावतलाई अदालतबाट दश दिनको लागि म्याद थप भएर अनुसन्धान भइरहेको छ । सात वर्षीया बालिकामाथि बलात्कार गर्ने रावत उनकै छिमेकी भएको खुलेको छ । नेपाल प्रहरीको एक तथ्यांक अनुसार ८० प्रतिशत हिंसा छिमेकीबाटै हुने गरेको छ । अनुसन्धानको क्रममा उनी बेरोजगार भएको समेत खुलेको छ । हाल बालिका अभिभावकको संरक्षणमा रहेकी छन् ।

  • ७ माघ २०८०, आईतवार १२:२६ प्रकाशित

  • Nabintech