प्रेरणादायी मुगुकी सगुना परियार : जसले लोक सेवा सात परिक्षा पास गरिन्

  • नमस्ते कर्णाली

  • मुगु : नेपालमा सरकारी सेवा प्रवेश गर्ने मुल ढोका मानिन्छ, लोक सेवा आयोग । हरेक वर्ष सरकारी सेवा प्रवेश गर्नका लागि लाखौ विद्यार्थीले लोक सेवा आयोगको परिक्षा दिन्छन् । कति त आयोग पास गरेर सरकारी सेवामा प्रवेश गर्छन् । तर, लाखौ परिक्षार्थी भने असफल हुन्छन् । पछिल्लो समय लोक सेवाप्रति विद्यार्थीहरुको लोभलाग्दो क्रेज देखिन्छ । कत्तिले लोक सेवा पास गर्न नसकेर विरक्तिएका थुपै्र उदाहरण छन् । कोही कोही व्यक्ति यस्तापनि छन्, जसले एकैपटक दर्जनौ परिक्षा पास गरेर दुनियाँलाई चकित नै बनाईदिएका छन् ।

    त्यसको पछिल्लो उदारहण हुन्, कर्णाली प्रदेशको विकट जिल्ला मुगुकी २५ वर्षीया सगुना परियार । पेसाले स्टार्फ नर्स परिवार एक वर्ष भित्र लोगसेवाका ७ परिक्षामा नाम निकाल्न सफल भएकी छन् । उनले आफूभित्रको आत्मविश्वासलाई देखाएकी छन् भने दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी छन् । उनको सफलतााको कथाले देखाएको छ, की परिश्रम गर्ने मान्छे एकदिन अवस्य सफल हुन्छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँकी स्थनीय हुन् । आर्थिक अवस्था रहेको दलित परिवारमा जन्मेकी उनले यहाँसम्म पुग्न धेरै संघर्ष गर्नु परेको छ ।

    हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजामा नाम निस्केसँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामति कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् ।

    दुर्गम ठाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो । मुगु दुर्गम जिल्ला, गरिव तथा दलित परिवार अझ छोरी मान्छेलाई नर्सिङ पेशासम्मको यात्रा उनका लागि सहज पनि थिएन । परिवारको पूर्ण साथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले यस पटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् । सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भए लगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् ।

    नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनि थिइन् । संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षापश्चात नाम निस्के ठिकै छ, खालि किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् । त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् ।

    नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुन सक्ने उनको बुझाइ छ । सगुनाले आफ्नै गाउँ नजिक रहेको सामुदायिक विधालय महाकाली माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरी एसएलसी पास गरेकी थिइन ।
    अभाव झेल्दै संघर्षले आर्जेको सफलता
    निम्नवर्गीय परिवारमा जन्मिएकी सगुना घरकी जेठी छोरी हुन् । गुनाका बुवाआमाले गाउँमा खेतीकिसानी गर्छन् । दुई भाई उच्च शिक्षा अध्ययनरत छन् । मुगु जस्तो दुर्गम गाउँको स्वास्थ्य समस्यालाई सानैदेखि नजिकबाट नियालेकी सगुनाको डाक्टर बन्ने सपना थियो । सगुनाले सानैदेखि नर्स बन्ने सपना बुनेकी थिइन् । उनी पढाइमा अब्बल नै थिइन् । महाकाली माध्यमिक विद्यालय गमगढीबाट एसएलसी उत्तीर्णपछि सगुनाले नर्सिङ पढाइका लागि छात्रवृत्तिमा नाम पनि निकालिन् ।

    सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बर ल्याउदै नर्सिङ पास गरेकी सगुना परियारले हाल पब्लिक हेल्थ नर्सका रूपमा स्थायी सरकारी सेवामा छिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छन् । मुगुको दुर्गम बस्तीबाट नर्सिङ पेशासम्मको यात्रा सगुनाका लागि सहज थिएन ।

    तर, जसरी भए पनि सोच पुरा गर्छु भन्ने आत्मविश्वास र मेहनतले सगुनाको उद्देश्य पुरा भएको छ । सेती महाकाली नर्सिङ क्याम्पसबाट पास भएलगत्तै सगुनाले स्वास्थ्य सेवा कार्यालय मुगुमा दुई वर्ष करार सेवामा काम गरिन् ।नेपाल नर्सिङ काउन्सिलका अनुसार हालसम्म ३२ हजार नर्सले रोजगारीको खोजीमा नेपाल छाडिसकेका छन् । तर मुगुकी सगुना परियार, स्टाफ नर्स अध्ययनपछि रोजगारीका लागि वैदेशिक यात्राको सोच राख्नेहरूलाई आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने एक गतिलो उदाहरण बनेकी छन् ।

     

  • ८ माघ २०८०, सोमबार १६:४२ प्रकाशित

  • Nabintech