प्रहरीसँग एकदिन कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • कोहलपुर : इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरूप विद्यार्थीहरुमाझ प्रहरीसँग एकदिन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत कृष्ण माध्यमिक विद्यालय कौशिलानगरका विद्यार्थीसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


    उनीहरुलाई प्रहरी पोशाक, कार्यालय र काम कारबाहीबारे जानकारी गराइएको कार्यालय प्रमुख डियसपि सुन्दर तिवारीले बताए । उक्त अवसरमा कृष्ण माविमा कक्षा ११ र १२ मा अध्ययनरत कानुन समूहतर्फका २५ जना छात्र छात्राहरू सहभागी थिए । ती विद्यार्थीहरुसँग एक दिने परिचयात्मक भ्रमण ‘प्रहरीसँग एक दिन कार्यक्रम’ सम्पन्न तिवारीले बताए ।
    भ्रमणको क्रममा विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रदान गरिने प्रहरी सेवा सम्बन्धी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी जानकारी गराएका थिए भने अपराध अनुसन्धान तथा कारबाहीको बारेमा प्रहरी निरीक्षक महेश कुमार आचार्यले जानकारी गराएका थिए । उक्त कार्यक्रम अधिवक्ता नरेन्द्र न्यौपाने र अधिवक्ता जगतजंग बुढाथोकीको समन्वयमा भएको हो ।

    कार्यक्रममा नागरिक सहायता कक्ष, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, बालमैत्री कक्ष, प्रहरी कन्ट्रोल, प्रहरी हिरासत कक्ष, अपराध अनुसन्धान कक्ष लगायत प्रहरी सेवा प्रवाहमा प्रत्यक्ष सरोकार राख्ने कार्यकक्षहरूको समेत अवलोकन गरिएको थियो । यस्तै प्रहरीको काम कारवाहीको बारेमा आफ्ना विद्यार्थीहरूलाई नजिकबाट बुझ्ने मौका प्रदान गरेकोमा बिद्यालयका प्रधानाध्यापक दिलिप ओलीले कृतज्ञता ज्ञापन गरेका छन् ।

  • ८ माघ २०८०, सोमबार १६:५२ प्रकाशित

  • Nabintech