महोत्सवलाई समग्र बैजनाथ चिनाउने अवसरका रुपमा लिएका छौं

  • नमस्ते कर्णाली


  • सुमन विश्वकर्मा
    संयोजक
    महोत्सव प्रचार प्रसार उपसमिति
    प्रथम बैजनाथ महोत्सवको आजदेखि उद्घाटन हुँदैछ । दिउँसो ठिक १ बजे कोहलपुर न्युसिटीमा महोत्सव उद्घाटन हुनेछ । महोत्सव हुनु पुर्वका सम्पूर्ण तयारी भइसकेको छ । सम्पूर्ण स्टलहरुको पनि व्यवस्थापन भैसकेको छ । स्थानीय उत्पादनलाई प्रमुख मुख्य प्राथामिकता दिईने छ । महोत्सवमा बैजनाथ भित्र रहेका भित्र रहेका बिभिन्न समुदाय झाँकी, लगायतका सबै कुराहरुलाई समेटेका छौं ।स्थानीय स्तरमा रहेको विभिन्न उत्पादन,कृषिवस्तु, पर्यापर्यटनसँग जोड्ने काम हुनेछ । यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिनेछ ।
    कुनैपनि ठाउँलाई चिनाउनको लागि यस्ता किसिमका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्छ । जहाँ मेला महोत्सव हुन्छ,एउटा वडाले अर्को वडालाई, अर्को वडाले समग्र स्थानीय तहलाई समेट्छ । प्रर्दशनीका माध्यमबाट माध्यमबाट गन्तव्य पनि बन्न सक्छ । हाम्रो उत्पादनलाई बिभिन्न क्षेत्रमा निर्यात गर्न सक्छौ ।बाँके जिल्ला शहरको हिसाबले चिनिएको छ । यसलाई चिनाउनको लागि ग्रामिण क्षेत्र नै आवश्यक पर्छ । मनोरञ्जन लिने उदेश्यले होस् वा अन्य कुने उदेश्यले ग्रामिण क्षेत्रकै बासिन्दाहरु उल्लेखीय सहभागिता भएका कारण महोत्सव सफल भएको देख्छु । महोत्सवमा राष्ट्रियसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहन्छ, स्थानीयलाई पनि हामीले प्रथामिकता दिएका छौ । स्थानीय कला,संस्कृतिसँग जोडिएको थुप्रै प्रस्तुति हुनेछन् । मौलिक नाँच, सिंगारु नाँच, थारु नाँच, कुर्कुटे नाँच लागयत विभिन्न प्रस्तुतीहरु समेटिने भएको छ ।

  • १० माघ २०८०, बुधबार १२:१९ प्रकाशित

  • Nabintech